प्रभावशाली नेतालाई निष्कासन गरेपछि कांग्रेसमा असन्तुष्टि

 न्यूज विराट
प्रभावशाली नेतालाई निष्कासन गरेपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौं, १२ साउन-नेपाली कांग्रेसले पार्टीको विधान र अनुशासनविपरीत कार्य गरेको आरोपमा प्रभावशाली नेताहरूलाई नै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि व्यापक असन्तुष्टि प्रकट भएको छ ।

कांग्रेस अनुशासन समितिले गत स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनका क्रममा उम्मेदवारलाई असहयोग गरेको, वागी उम्मेदवार दिएकाे जस्ता आरोपमा गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलगायतलाई कारबाही गरेपछि पार्टीभित्र असन्तुष्टि प्रकट भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील थापालगायतलाई पार्टीमा भित्र्याउने प्रयास भइरहेको बेला पार्टीमा लामो समय योगदान गरेकालाई कारबाही गरेको भन्दै केन्द्रीय सदस्यहरू शेखर कोइराला र मीनेन्द्र रिजाललगायतले आपत्ति जनाएका छन् ।

‘आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो,’ कोइरालाले भने, ‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ ।’

सम्बन्धित समाचार

जनता पिडामा मल्हम लगाउँदै लालबाबु पण्डित

विराटनगर, साउन १६ؘ–पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डित जनताको समस्यामा समाधानमा निरन्तर लागि पर्दै आएका छन् । निर्वाचनमा जनतामाझ गरेको बाचा अनुसार आफ्नो क्षेत्रको...

डिएभि स्कुलले मनायो २९ औं अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित डिएभी स्कुलले २९ औं अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।शुक्रबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेको फुड, चित्रकला,...

संस्थापन पक्षका नेता सानेपातिर, असन्तुष्ट नेताहरु शशांक निवासमा

काठमाडौं, पुस ११–नेपाली कांग्रेसको आज बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षधर केन्द्रीय सदस्यहरुले बहिस्कार गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै असन्तुष्ट...

लकडाउनमा उपभोक्ता ठग्नेबाट साढे ७० लाख जरिमाना

काठमाडौं, १९ वैशाख-लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा पर्न थालेपछि सरकारले अनुगमनलाई तीव्रता दिएको छ । लकडाउनमा सीमित समयमा खुल्ने सीमित पसहरूले पनि ठगी गरेको गुनासो आएपछि अनुगमनलाई निरन्तरता दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

उदयपुर त्रियुगाका जनप्रतिनिधिलाई पनि क्वारेन्टाइनमा राखिने

उदयपुर, ६ वैशाख-उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधिलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने माग जनस्तरबाट उठेपछि जिल्ला प्रशासन कार्यालयमा यसबारे छलफल भइरहेको छ । अहिले त्रियुगा–११ बोक्सेस्थित जिल्ला प्रशासन कार्यालयमा मेयर बलदेव चौधरीसहितका जनप्रतिनिधि र जिल्लाका अधिकारीबीच छलफल भइरहेको...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

२४ घण्टामा थप ५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं ३० साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना...

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्