विराटनगर, साउन १२–विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ ।
आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको स्वाम संकलनको तयारी सुरू गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) चुमनलाल दासले जानकारी दिए ।
संक्रमित नर्स विराट नर्सिङ होममा पनि आंशिक रुपमा कार्यरत थिइन् । नर्सिङ्ग होमका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि गरिएको थप परीक्षणमा ती नर्ससहित चार जनामा कोरोना देखिएको छ ।
कोशी अस्पतालका फार्माकोलोजीका एक जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी घर भएका चिकित्सकलाई गत शनिबार कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएका चिकित्सक भर्खरै आएकोले अस्पतालमा काम भने सुरू गरेका थिएनन् । सप्तरी घरबाट आएलगतै ज्वारो आउन थालेपछि उनको स्वाब संलकन भएको थियो ।कोशीको ल्याबमा गरिएको परीक्षणमा रिपोट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ । संक्रमित चिकित्सक कोशी अस्पतलाको कोभिड–१९ उपचार केन्द्रमा अहिले उपचार भइरहेको छ ।