सोमबारबाट पुनः मौसम सक्रिय हुने

 न्यूज विराट
सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं, १० साउन-आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा वाढी पहिरोले जनधनको समेत क्षति भएको थियो । त्यसयता पटकपटक ठाउँठाउँमा भारी वर्षा भयो ।

गतअसार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।

यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीहरुमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो । सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो ।

यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपालनजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोदिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ । विगतको घटनासमेतलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्वविदको भनाइ छ । भूगर्वविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए ।

मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन् । उक्त अवधिमा पहिरोमा परेर ११३ घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएका छन् ।

यसपटक भने पहिचान भएका जोखिम क्षेत्रमा अगाडि नै उद्धारकर्मी तथा सचेतनाका लागि जनशक्ति परिचालन गर्ने तयारी गरिएको र आजदेखि सम्बद्ध सरोकारवालालाई पूर्वतयारीमा जुट्न भनिएको प्राधिकरण प्रमुख पोखरेलले बताए । यसपटकको मनसुन सक्रिय भएपछि अहिलेसम औषतभन्दा निकै धेरै पानी परिसकेको छ । त्यसैले बाढीपहिरो र डुबानको जोखिम धेरै छ ।

सम्बन्धित समाचार

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’ : सांसद

काठमाडौं, ११ असार-सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश...

गुल्मीमा पनि देखियो कोरोना

बुटवल, ५ जेठ-प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सवा ४ गरेको पत्रकार सम्मेलनमा गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

अमेरिकी नाकाबन्दी सहेको क्युबाको यसरी भइरहेको छ प्रशंसा

एजेन्सी, बैशाख १४-क्युबाले २ साताभित्र विश्वका १९ देशमा मेडिकल टोली पठायो । अमेरिकाको नाकाबन्दीका बाबजुद क्युबा कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ । क्युबाले इटाली, अंगोला, जमाइका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो मेडिकल...

१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...

विराटनगरमा ४४ सहित प्रदेश १ मा आज १ सय ३७ संक्रमित थपिए

विराटनगर, १७ भदौ-प्रदेश १ मा बुधबार १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा बुधबार कोरोना पुष्टि...

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौं, जेठ २१ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको...

ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय सदस्य झलनाथ खनालले आउँदो चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने दाबी गरेका छन् । बुधबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्