
नेकपा प्रचण्ड–माधव समूहको सचिवालय सदस्य झलनाथ खनालले आउँदो चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने दाबी गरेका छन् ।
बुधबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत हुने बताएका हुन् ।
खनालले भने, ‘देशको १६५ निर्वाचन क्षेत्रमा ओली समूहको जमानत जफत हुँदै छ, हामी अहिले नै घोषणा गर्दै छौँ ।’