ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

 न्यूज विराट
ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको प्रक्रिया प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्षको पहल र सक्रियातामा सुरु भएको बताए । पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रक्रिया सुरु हुनु र देशभरि जिन्दावाद, मूर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रष्ट पार्ने उनले बताए ।

‘पार्टी संकटमा छ । साँचो कुरा के हो भने अहिले ठीकठाक छ भनेर मैले भनेँ भने त्यो सत्य होइन, पार्टी संकटमा छ,’ उनले भने, ‘किनकि हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षसमेतको सक्रियता र पहलमा भएको छ । त्यस कारण यसले संकटलाई व्यक्त गरेकै छ ।’

‘अहिले देशभरि नै तपाईंहरूले देखिराख्नुभएकै छ । मुर्दावाद र जिन्दावादका नारा । हामी पार्टीमा छलफलमा छौँ । पार्टीलाई कसरी एकतावद्ध गर्ने पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौँ तर देशभरि जुलुस भएको छ,’ उनले अगाडि थपे, ‘देशभरिका साथीहरूले हामी के गर्ने भनेर सोधिरहेका छन् । हामीले धैर्य लिनुहोस्, अहिले केही गर्न पर्दैन । पार्टी एकताको पक्षमा उभिनुहोस् भनेर भनिरहेका छौँ । तर, त्यस खालका प्रचार पनि भइरहेको छन् ।’

अध्यक्ष दाहालले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्यायसंगत नभएको समेत बताए । पार्टीले निर्णय गरेर दबाब दिएका कारण प्रधानमन्त्री ओली बल्ल सहमत भएको उल्लेख गर्दै उनले मंसिरमा पार्टीको स्थायी कमिटी र माघमा केन्द्रीय कमिटीबाट नक्सा जारी गर्नुपर्ने निर्णय गरे पनि सरकारले ‘नक्सा जारी गर्ने होइन, भूमि फिर्ता गर्ने ठूलो कुरा हो’ भनेर भनेको स्मरण गरे ।

अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरूले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री तयार भएको बताए । प्रधानमन्त्री सहमत भएपछि सचिवालय बैठक चलिरहेकै बेला मुख्य सचिवलाई फोन गरेर नीति कार्यक्रममा त्यो विषय थप्न लगाएको उनले बताए ।

‘भारतले नक्सा जारी गरेपछि हामीले आफ्नो एक इन्च भूमि पनि छोड्न सक्दैनौँ भन्ने उद्घोषसहित स्थायी कमिटीबाट तुरुन्तै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गर्‍यौँ । सरकारलाई यो नक्सा प्रकाशित गर्न ढिलो गर्नु हुँदैन भनेर मंसिरर २९ बाट सुरु भएको स्थायी कमिटीबाट नक्सा निकाल्ने कुरा गरियो,’ उनले भने ‘तर, सरकाले नक्सा निकाल्नेभन्दा भूमि नै फिर्ता गर्ने कुरा गरेको तपाईंले सुन्नुभयो होला । पहिले उनीहरूले नक्सा निकाले हामी पनि निकालौँ, अनि भूमि फिर्ताको काम पनि हामीले गर्नैपर्छ भनेर माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नक्सा छिटो प्रकाशित गर्नुपर्‍यो भन्ने निर्णय भयो । तर अन्तिममा आउँदासम्म पनि सरकारले नक्सा प्रकाशनको तयारी गरेन । अन्तिममा नीति कार्यक्रम सम्बन्धि राष्ट्रपतिको सम्बोधन हुने दिन विहानै बसेको सचिवालय बैठकमा हामीले नक्सा प्रकाशित गर्ने कुरा नीति कार्यक्रममा पर्नैपर्‍यो भन्यौँ ।’

अध्यक्ष दाहालले पार्टीको निर्णयपछि बल्ल नक्सा जारी गर्न सरकार तयार भएको उल्लेख गर्दै पार्टीको सामूहिक विवकेबाट भएको निर्णय पालन भएको कुरा व्यक्तिको खल्तीमा हाल्ने प्रयास भएको बताए । उनले  पार्टीको विवेकले सत्ता सञ्चालन हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताए । सत्ताले पार्टीमाथि हैकम जमाउने अवस्था आएमा कम्युनिस्ट पार्टीको मान्यतावितपरीत हुन आउने उनले बताए । कम्युनिस्ट पार्टीमा समूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने उनले बताए ।

‘हामीले सामूहिक नेतृत्व विकास गर्न सक्यौँ कि सकेनौँ भनेर हेर्ने हो, २ वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौँ,’ उनले भने, ‘समस्या आउँदा खुला छलफल नगरी निचोड निकाल्ने विधि बपनाएनौँ, त्यसले सरकार पार्टीको सम्बन्ध बिग्रियो । कम्युनिस्ट विचार, मार्क्सवादअनुसार पार्टी भनेको विवेक र सरकार भनेको सत्ता हो । हामीले मान्ने के हो भने विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेकै हो ।’

सम्बन्धित समाचार

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

प्रदेश १ मा परिक्षणको दायरा बढ्यो, एकै दिन १९ सयको कोरोना परीक्षण

विराटनगर, साउन २८–प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार...

दुर्घटना रोक्न सार्वजानिक यातायतमा सचेतना स्टिकर

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...

शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ७ जना पक्राउ

एजेन्सी, २८ पुस । शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत...

१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन

विराटनगर । युवा व्यवसायी एवम् समाजसेवी यश बगडीयाले विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । अरुले अनावश्यकरुपमा मोटो रकम खर्चिएर तडकभडक गर्दै जन्मदिन मनाउने गरेको भएपनि बगडीयाले भने विपन्न परिवारलाई सहयोग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्