प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

 न्यूज विराट
प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले बिहीबार एक प्रेस नोट जारी गर्दै बताएका हुन् ।

‘केही दिनयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ बारे विभिन्‍न सञ्‍चारमाध्यममा प्रकाशित-प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक वैचारिक बहसहरू एक जीवन्त पार्टीका विशेषता हुन् । तिनै बहसबारे मिडियामार्फत नेताहरूमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।’

प्रेस नोटमा पार्टी एकतादेखि आजसम्मको यात्राका क्रममा शर्माले प्रचण्डलाई सहयोग गर्दै आएको पनि स्मरण गराइएको छ । पार्टीभित्रको आन्तरिक बहसमा पनि शर्मा पार्टी एकतामा उभिएको प्रेस नोटमा उल्लेख छ । ‘कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरू खारेज गर्दछौँ’ प्रेस नोटमा भनिएको छ ।

पछिल्लो समय सञ्चार माध्यममा शर्माकै कारण अध्यक्ष प्रचण्ड समस्यामा परेको समाचार आएको थियो । नेकपाको विवादका क्रममा शर्माले प्रचण्डलाई छाडेर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समूहतिर लागेको समाचारहरू बाहिरएको थिए ।

सम्बन्धित समाचार

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

यातायात व्यवसायीका समस्या समाधान गर्न तत्काल राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, १ साउन-यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । आज बिहान प्रचण्ड निपास खुमलटारमा भएको भेटमा व्यवसायीले कोभिड-१९ पश्चात...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

विराटनगर, ३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङगमा एक सय ४४, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा छ, संखुवासभामा चार, इलाममा एक र प्रदेश...

चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा भोट हालेर इतिहास रच्नेछन्

देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...

रौतहट बम विस्फोटन प्रकरण: आलमका सहयाेगी पक्राउ

काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना

विराटनगर, जेठ २५–मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री...

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्