एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

 न्यूज विराट
एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २ छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए।

 दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताए ।  उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।  मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कूल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताए । कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो ।

निर्माण कम्पनी आरएण्डसी नयाँ युग जेभीले ४ करोड ३८ लाख ३ हजार ५ सय ७९ मा २०७८ असारसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । रासस

सम्बन्धित समाचार

मुख्यमन्त्री राई र युरोपनियन युनियनका राजदुत कोडीबीच भेटवार्ता

विराटनगर, फागुन ३०–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् ।...

पेट्रोलको खरिद मूल्य १८२ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर आएको छ । बुधबार इन्डियन आयाल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १६ रुपैयाँ ३७ पैसा र डिजेलमा २४ रुपैयाँ ४९ पैसा मूल्य बढेको निगमका निर्देशक...

विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि...

पछिल्लो २४ घण्टामा देशभर १२७ संक्रमित थपिए

विराटनगर, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२७ जनामा...

औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध १० संघसंस्थाको विरोध, डीडीए कार्यालयमा व्यवसायीको मौन धर्ना

विराटनगर । औषधिको मूल्य निर्धारणबारे सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनप्रति आपत्ति जनाउँदै औषधि व्यवसायसँग सम्बन्धित १० संघसंस्थाले संयुक्तरूपमा विरोध जनाएका छन् ।उनीहरूले समितिको प्रतिवेदन खारेजीको माग गर्दै शुक्रबार देशभरका औषधि व्यवस्था विभाग...

उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदीबन्दीले गुहारे सरोकारवाला

विराटनर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरुले उपचारको माग राखेका छन् । मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरुले उपचारमा सहजिकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।...

विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

विराटनगर, फागुन ६–संखुवासभाको चैनपुर १ स्थित गुफापोखरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर– ४, दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित ५...

थप १८७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्