मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

 न्यूज विराट
मन्त्री भट्टराईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं, ७ साउन-आन्तरिक र बाह्य विमानहरूको उडान तयारीका अवस्थाका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

सरकारले १ भदौबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सुचारु गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले देशमा लकडाउन लागू गरेपछि उडान सेवासमेत प्रभावित भएको थियो ।

सरकारले सुरक्षाका उपाय अपनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेपछि विमानस्थलको अवस्थाका बारेमा अवलोकन मन्त्री भट्टराई विमानस्थलमा पुगेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनले विमानस्थलको सुधारलगायतका कामका बारेमा जानकारी लिएका थिए ।

अनुगमनका क्रममा नागरिक उयड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेल, त्रिभुवन विमानस्थलका प्रमुख देवेन्द्र केसी र विमानस्थलका प्राविधिक कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ...

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई...

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सरकार पक्षले बहस गर्ने

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ । आज (सोमबार) देखि सरकार पक्षका वकिलहरूले बहस गर्ने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकलाई १२ घण्टा...

प्रदेश २ मा आज मात्रै ४५ जना संक्रमित थपिए

जनकपुरधाम, १४ जेठ-प्रदेश २ मा आज ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब...

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

कोरोनाबाट काठमाडौंका ३ महिलासहित एकै दिन १४ जनाको मृत्यु

काठमाडौं, १९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा...

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असार-नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्