काठमाडौं, ६ साउन-सरकारी कार्यालय १०-५ सञ्चाल हुने भएका छन् । सरकारले सरकारी कार्यालयमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेकोमा सबै सेवाहरू नियमति सञ्चालन भएकाले सरकारी कार्यालय पनि एक सिफ्टमै सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
‘कार्यालयहरू नियमित रूपमा कार्यालय सयम १०-५ नै चल्ने अहिलेको स्प्रिट हो । अहिले कार्यालयहरू यसरी नै खुल्छ । सेवा ग्राहीलाई पनि बिहानै कार्यालय खुल्छ सेवा लिन जान्छु भन्ने कुरा भएन कर्मचारीतन्त्रमा पनि को बिहान आउने को दिउँसो आउने भन्ने भन्ने अन्योल जस्तो भयो’ उनले भने ।