मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो

 न्यूज विराट
मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो

चितवन, ६ साउन-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । 

सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, ‘मुग्लिन-नौबिसे सडकखण्डमा मात्र साना-ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।’

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ ।

बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन २ दिन लाग्ने बताए । उनले भने, ‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि २ दिन हामीलाई लाग्छ ।’ अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।

यता नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन सुरु गरिने छ ।

काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ ।

मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन्

सम्बन्धित समाचार

स्वीट्जरल्यान्डमा निःशुल्क खानाका लागि एक किलोमिटर लामो लाइन

एजेन्सी, बैशाख २८-संसारकै सबैभन्दा धनी देशको सूचीमा गनिने स्वीट्जरल्यान्डमा शनिबार एउटा तस्बिरले सबैलाई अचम्मित पार्‍यो । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार एक हजारभन्दा बढी मानिस निःशुल्क खाना खानका लागि लाइनमा बसेका थिए । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार साँझ...

शनिबारदेखि रंगेलीमा कोरोना संक्रमण शुन्य

विराटनगर, २० भदौ–समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकामा कोरोना शंक्रमण शुन्यमा पुगेको छ । जनता क्याम्पसको आइसोलेसन केन्द्रमा रहेका बाँकी तीन जनालेसमेत शनिबार कोरोना जितेर घर फकिएपछि रंगेलीमा कोरोना संक्रमण शुन्यमा पुगेको हो ।...

एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको...

आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

चर्कोब्याजदर घटाउन माग राख्दै अर्थमन्त्रीसँग पुनः पूर्वको उद्योगीको भेट

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउन माग राख्दै पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णु पौडेलसँग पुन ः भेट गरेका छन् । आइतबार अर्थमन्त्री पौडेलसँग भेटर यहाँका उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याजदर घटाउन माग राखेका हुन् ।...

नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ । केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि...

बी डिभिजन क्रिकेट : झोराहाट र होराइजन विजयी

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्