२४ घण्टामा थपिए १८६ कोरोना संक्रमित, १७३ जना डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा थपिए १८६ कोरोना संक्रमित, १७३ जना डिस्चार्ज

काठमाडौं, ५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ छ । उनीहरूको देशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १७३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ११ हजार ८६८ जनाले कोरोना जितेको मन्त्रालयको तथ्यांक छ । हालसम्म ६६.५१ प्रतिशतले कोरोना जितेको प्रवक्ता डा. गौममले जानकारी दिए ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार २१६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार २२८ जना छन् ।

सम्बन्धित समाचार

टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।...

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजले विदाई गरेका हो । कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत...

विराटनगर महानगरद्धारा स्वाव परिक्षणको नतिजाका लागि ’हेल्प डेस्क’ सञ्चालन

विराटनगर, साउन २७-विराटनगर महानगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । विराटनगरमा कोरोना भाइरस(कोभिड–१९) र स्वाव परिक्षण गरिएको नतिजनाका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । जसका लागि विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म ०२१–५१५१७५ र...

अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

लकडाउनमा ५ हजार विदेशी फिर्ता

काठमाडौं, २८ वैशाख-कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका...

विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...

आज देशभर ७०७ जनामा कोरोना पुष्टि

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्