भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सबैभन्दा धेरै पनि हो ।  केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ ।

त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४ सय ९७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि ३ लाख ९० हजार ४ सय ५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १० हजार ४ सय ५५ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडु र दिल्ली प्रदेशमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

बेरुत विस्फोट : नेपाली सकुशल

काठमाडौं, २२ साउन-लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार...

सरकारविरुद्ध प्रतिपक्षी ३ पार्टी एक ठाउँमा

काठमाडौं, १५ वैशाख-प्रतिपक्षी ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भइको निष्कर्ष निकालेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका...

विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो । संविधान दिवसलाई कालो दिनका रुपमा...

एग्रो टुरिजमको प्रवर्द्धनमा पर्यटन व्यवसायीको जोड

विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले...

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता

काठमाडौं,  ३ भदौ-निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको छ । सबै प्रक्रिया पुगेपछि नेकपा (एमाले) दलको रुपमा दर्ता भएको आयोगले जनाएको छ ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेका...

भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा...

कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार छुट्टै माहोल बन्यो । कारण– कोरोना भाइरस संक्रमित प्रसिद्धी श्रेष्ठको डिस्चार्च ।उनी २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ‘डाक्टरहरुलाई धन्यवाद,’ डिस्चार्जपछि उनले भनिन्, ‘मेरो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्