अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

 न्यूज विराट
अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो । 

गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपरिषद् गराउन अध्यक्ष विजय चौरसियाले मोबाइल बाँडेको आरोप उनले लगाएकी छन् । चौरसीयाले गाउँपालिकाको बजेट हिनामिना गरेको आरोप लगाउँदै उपाध्यक्षको नेतृत्वमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।

जुलुससहित गाउँपालिका कार्यालयमा पुगेका उनीहरूले तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । गाउँपालिकाको आयव्यय विवरणसमेत सार्वजनिक नगरी गाउँपालिका अध्यक्ष चौरसियाले गाउँपरिषद् गरेकाले ३१ असारमा भएको गाउँपरिषद् आफूले बहिष्कार उपाध्यक्ष कुश्मी देवीले बताइन् ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा इन्धनमा खर्च गरिएको ३० लाख, गाउँपालिकाको एम्बुलेन्स, जेसीबी र ठेक्कामा लागेको २ वटा पोखरीको आम्दानी पनि अध्यक्ष चौरसियाले सार्वजनिक नगरी हिनामिना गरेको उपाध्यक्ष कुश्मी र स्थानीयको आरोप छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको ९० लाखमध्ये ४० लाख मात्र खर्च भएको बाँकी ५० लाख अध्यक्ष चौरसियाले हिनामिना गरेको उनीहरूको आरोप छ ।

कार्यपालिका बोर्ड बैठकमा जाँदा उपाध्यक्ष कुश्माको कुर्सीसमेत अध्यक्ष चौरसीयाले हटाइ दिने गरेको बताइएको छ ।  ‘गाउँपालिकाको आम्दानी सार्वजनिक गर्न पटकपटक आग्रह गरेँ, तर उनले मेरो कुरा सुन्दै सुनेनन्’, कुश्मी देवीले भनिन् ‘बोर्ड बैठकमा जाँदा मेरो कुर्सी नै फ्याँकी दिए, बोर्ड सदस्यलाई मोबाइल बाडेर गाउँपरिषद् गराए ।’

गाउँपालिकाको आयव्यव विवरण जनताको बीचमा सार्वजनिक नगरिएसम्म तालाबन्दी जारी नै रहने उनले बताइन् । गाउँपालिका अध्यक्ष चौरसियाले पैसाको बलमा गाउँपालिका चलाएको पकाहामैनपुर गाउँपालिका–१ धोरेका युवा शीवजी सोनीले बताए ।

उनले भने, ’गाउँपालिकामा अध्यक्ष चौरसियाको ब्रम्हलुट छ , जति पनि सडक, नालाको काम भएको छ, त्यो सबैको ठेक्का उनका भाइ, भतिजा र भान्जाले लिने गरेका छन्’, जनताले सूचना माग्दा धम्क्याएर पठाइन्छ ।’

सूचनाको हक प्रयोग गरेर बजेट खर्चको हिसाब माग्दा पनि नपाएपछि बाध्य भएर गाउँपालिकामा तालाबन्दी गरिएको सोनीले बताए ।

पकाहा मैनपुर–४ का रामबाबु चौरसियाले भने, ‘जिल्लामै सबैभन्दा बढी भ्रष्टचार हाम्रै गाउँपालिकामा भएको छ, यहाँका जनप्रतिनिधि जनताको लागि होइन, आफ्नो सम्पत्ति जोड्नमा लागेका छन्, यिनीहरू गाउँमा सिंह बनेका छन् ।’

यता, अध्यक्ष चौरसियाले भने आफ्नो चरित्र हत्या गर्न गाउँपालिका उपाध्यक्षले जनतालाई उचालेको बताए ।  २९ सदस्यीय कार्यपालिकामा उपाध्यक्ष १ जनाबाहेक अरु २८ जना सबैको सहभागितामा गाउँपरिषद सम्पन्न भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

मुग्लिन सडक : सास्तीमाथि सास्ती

चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन...

कानुन र संविधान मिच्ने छुट कसैलाई छैन : गृहमन्त्री

विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका छन् । सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा...

कोशी प्रदेशका नवनियुक्ति मन्त्री र राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल...

एमसीसी सम्झौता खारेज नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो ।  एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...

विराटनगरमा ३६ सहित प्रदेश १ मा १७९ संक्रमित थपिए

विराटनगर, १० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

विराटनगरमा ४४ सहित प्रदेश १ मा आज १ सय ३७ संक्रमित थपिए

विराटनगर, १७ भदौ-प्रदेश १ मा बुधबार १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा बुधबार कोरोना पुष्टि...

विराट मेडिकल कलेज प्रशासकिय अधिकृतसहित दुई जना पक्राउ

विराटनगर, १३ माघ । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्