विराटनगरमा ३६ सहित प्रदेश १ मा १७९ संक्रमित थपिए - News Birat

विराटनगरमा ३६ सहित प्रदेश १ मा १७९ संक्रमित थपिए

न्यूज विराट

विराटनगर, १० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भोजपुरमा १, खोटाङ, संखुवासभा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश राजधानी विराटनगरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा १६१ महिला र १४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles