सप्तकोशी नगरका पुल तथा कल्भर्ट धमाधम ढल्दै, थुप्रै जग्गा मरुभूमि बन्ने खतरा

 न्यूज विराट
सप्तकोशी नगरका पुल तथा कल्भर्ट धमाधम ढल्दै, थुप्रै जग्गा मरुभूमि बन्ने खतरा

विराटनगर, साउन ४–सप्तरीको सप्तकोशी नगरपालिकामा प्राबिधिक अनुगमन प्रभावकारी नहुँदा विकासे कामहरु गुणस्तरहित बन्दै गएका छन् । सप्तकोशी नगरपालिकाको वडा नं ४ र ११ मा बनेको पुल र कल्भर्ट क्वालीटि कन्ट्रोल र फितलो अनुगमनका कारण छोटो अन्तरालमै भग्नावशेषमा परिणत भएको छ ।

वडा नं ४ को मयुरनी खाता पुलको पिल्लर स्थानिय तहको चुनाव हुनु अघि नै बनाइएको भएपनि बाँकी निर्माण कार्य आर्थिक बर्ष २०७४/०७५ मा भएको हो। दुइ बर्ष नबित्दै यो पुल भत्कीएको छ । यसमा कमसल रड प्रयोग भएको देखिन्छ भने मापदण्ड पुरानो भएको सर्व स्वीकार्य छ । पुल भत्किएपछी स्थानियलाई ३ मिनेटको बाटो अब ३० मिनेटको बनेको स्थानिय निर्माण कार्यका जानकार शत्रुधन सदाको गुनासो छ ।

यो घटना अपवाद भने होइन। वडा नं ११ स्थित चिन्तामणी खोला कल्भर्टसमेत भत्किएको छ । सो कल्भर्टमा पानीको बहाव क्षेत्रमा नत ढलान भएको छ नत कटअफ वाल र साइड वाल नै बनेको छ। कल्भर्ट भत्केको एक बर्ष बितिसक्दा पनि स्थानियले आवत जावत गर्ने अर्को बिकल्प भेटेका छैनन्। २०७४ को जेठमा बनेर २०७६ असारको बाढीमा भत्केको यो कल्भर्टले २ बर्षको मात्र एक्स्पाईरी डेट पायो। लापरवाहीका कारण कल्भर्ट भत्किएपछि पारिको पश्चिम टोल यतिबेला थला परेको छ ।

वडाध्यक्ष डोलेश्वर खड्काले भने इन्जीनियरबाट गल्ति भएको दावी गरे । वडाध्यक्ष खड्काले कमजोरी जति इन्जिनियरको टाउकोमा राखिदिँदा इन्जिनियरसुदिप चौधरीले अस्विकार गरेका छन् ।

सप्तकोशी नगरको अर्को जटिल समस्या हो ट्याङग्रा खोला पुल। नेपालकै जेठो नहर चन्द्र नगरको पानी निकासका लागि बनाइएको ट्याङग्रा साइफनसर्बत्र चिन्ताको बिषय बनेको छ। पुल भत्कीने अवस्थामा पुगेको छ भने पानी अनियन्त्रीत रुपमा छिमेकी वडाहरुमा पनि प्रवेश गरिरहेको छ।जनताको आक्रोसले यतिबेला सबै वडा त्राहिमाम छन्।

वडा नं. ११ कै नहर छेउको अधुरो हनुमान मन्दिर अनियमितताको अर्को उदाहरण हो। इष्टीमेट अनुसार त्यसमा ८ र १२ एम एमको रड मात्र प्रयोग हुनुपर्नेमा ७ एम एमको रड समेत फेला परेपछि स्थानिय असन्तुष्ट बनेका थिए। यस्तै भगनी चोकबाट कमलपुरजाने कालोपत्रेमा समेत कमसल काम भएको स्थानियको गुनासो छ।

यतिबेला नगरपालिका अख्तियारको मार खेपिरहेको छ। अख्तियारको ठहर अनुसारवडा नं. २ स्थित सिद्धिपुर–सखुवनी रोड निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम भएको हो। नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहाल, इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरीले कानूनी प्रक्रिया छली भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

यस्तै, सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राज कुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायण प्रसाद यादव र भष्मरवि निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीले सप्तकोशी नगरपालिकासँग गरेको सम्झौता एवं मापदण्डअनुसारको कार्य नगरेको पनि अख्तियारको ठहर छ।

सम्बन्धित समाचार

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

सिन्धुपाल्चोकमा बाढी : हेलिकोप्टर लिएर घटनास्थल जाँदै सभामुख

सिन्धुपाल्चोक, २५ असार-सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरू अवस्था बुझ्र सभामुख अग्नि सापकोटासहितको टोली हेलिकोप्टरमार्फत् त्यसतर्फ जाने भएको छ । सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए...

विराटनगरको कपडा पसलमा आगजनी (फोटो फिचर)

विराटनगर । विराटनगर १५ अरुण सिनेमा हलछेउमा एउटा कपडाको पसलमा आगजनी भएको छ । आज दिउँसो सिरक र डस्नाको पसलमा आगजनी भएको हो ।अहिले विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगजनी नियन्त्रण लिने प्रयास...

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, ६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ । आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष...

लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको छ : गृहमन्त्री थापा

काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको बताएका छन् । मंगलबार नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले लागूऔषधको मारमा सबैभन्दा...

विराटनगरमा तीन अस्पतालका ११ जनामा कोरोना

विराटनगर, साउन २१-विराटनगरका तीन अस्पतालका चिकित्सकसहित ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विराटनगरस्थित कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ...

राप्रपा एकताः तीन अध्यक्ष, तीन लक्ष्य

काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर...

होटल व्यवसायी संघद्वारा आयोजित रक्तदानमा ६० पिन्ट रगत संकलन

विराटनगर, ६ चैत । विराट होटल ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ । संघले नगरक्षेत्रको ट्राफिकचोकमा आज बिहान कार्यक्रम गरेको हो । रक्तदान शिवीरबाट ६० पिन्ट रगत संकलन भएको छ । शिवीरमा होटल ब्यवसायी संघका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्