कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

 न्यूज विराट
कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

जनकपुर, ४ साउन-प्रदेश २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप ४ महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो ।

सो नीतिअनुरूप जिल्लाका ६ हजार ७ सय ८१ कृषकलाई जनकपुरधाममा राहत अनुदान प्रदान गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले वित्तीय संस्थालाई शनिबार कृषकको अनुदान रकमको चेक हस्तान्तरण गर्दै कोरोना प्रभावित प्रदेशका ८ जिल्लाका ८० हजार कृषकलाई राहतस्वरूप ब्याज अनुदान दिइने योजना रहेको बताए ।

पहिलो चरणमा  ५० हजार कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिने जनाइएको छ ।  यसअघि सरकारद्वारा महोत्तरी जिल्लाका ६ हजार ६ सय कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिएको थियो । रासस

सम्बन्धित समाचार

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’, लक्की ड्र मा ग्राहकले पाउँछन् टिभीदेखि चाँदीको सिक्कासम्म

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’ सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी घटस्थापनाको दिनदेखि सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको हो । असोज १० देखि कार्तिक १३ गतेसम्म सेन्ट्रल मलमा दसैँ...

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा डिस्चार्ज हुने बढी

काठमाडौं, २४ साउन-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितभन्दा उपचार पछि निको भएर डिस्चार्ज हुने धेरै‌ देखिएका छन् । शनिबार देशभर ३ सय ७८ जना कोरोना भाइरस संक्रमित थपिँदा ४ सय ९९ जना संक्रमित...

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व साक्षरता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले दिवसको अवसर पारेर विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो ।  आठ...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्