काठमाडौं, ३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले निश्चित एजेन्डा नभए पनि पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताए । उनले बैठक प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामामै केन्द्रित रहेको बताए । ‘निश्चित एजेन्डा थिएन, भाेलि ३ बजे स्थायी कमिटी बैठक तय भयाे, उनले भने ‘बैठक प्रम र अध्यक्षबाट राजीनामामै केन्द्रित रह्यो ।’
नेकपाभित्र देखिएको विवाद समाधान हुन नसक्दा लगातार बैठक बसिरहेका छन् । स्थायी कमिटी बैठक लगातार स्थगित गरेर आज सचिवालय बैठक बोलाइएको थियो ।