प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब

 न्यूज विराट
प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब

विराटनगर, साउन २–पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट गर्ने, मलामी गएर फर्किएकालाई सार्वजनीक स्थानमा कुटपिट गर्ने, घरमा बसेका विद्यार्थीलाई जवरजस्ती बाटोमा ल्याएर कुटपिट गरि उठबस गराउने लगायतका घटनामा विवादित बनेको ईप्रका पथरीले लोपोन्मुख सुन गोहोरो र टोके टोकेका विषयमा फरक फरक कुरा गरेको छ । मोरङ्गको पथरीशनिश्चरेमा प्रहरीले मोटरसाइकल चोरी गरि विक्रि गर्ने ४ जना गिरोह र १ जना मोटरसाइकल ग्यारेजका संचालक र कामदारलाई पक्राउ गरेको छ । प्रहरीले असार ३१ गते उनीहरुले चोरी गरेको मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुवाट लोपोन्मुख प्रजातिका वन्यजन्तु सुन गोहोरो र टोके टोके वरामद गरे पनि त्यसलाई भने प्रहरीले लुकाएको छ । मोटरसाइकल चोरी गरि फरार रहेकावाट प्रहरीले वरामद गरेको लोपोन्मुख वन्यजन्तु सुन गोहोरो र टोकेटोके सव डिभिजन कार्यालय पथरीमा वुझाएको छैन । वन्यजन्तु चोरी र शिकारी गरि सोको कारोवारमा संलग्न भएका आशंका गरिएपनि उनीहरुलाई मोटरसाइकल चोरीको आरोप मात्र लगाइएको छ ।
मोटरसाइकल चोरी गरि नम्वर प्लेट परिर्वतन गरेको आरोपमा दमक झापाका वेण्डम विक, पथरीशनिश्चरे ४ का मिलन खतिवडा, अनुप जोगी र विनोद जोगी, रतुवामाइका अभि हस्ता र सकल हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिए ।

हेमरम पथरीशनिश्चरे ९ पुलचौकमा मोटरसाइकल ग्यारेज संचालक हुन भने हस्ता सोहि ग्यारेजमा कार्यरत मजदुर हुन । विहिवार अन्य ४ जनालाई खतिवडाको घर पथरीशनिश्चरे ४ नयाँ सोमवारेवाट नियन्त्रणमा लिएको हो । सो विषयमा प्रहरी नायव उपरिक्षक गिरीले सानो एउटा प्राणी वरामद भएपनि प्रहरी कार्यालयवाटै सो गोहोरो फुत्किएको प्रतिक्रिया दिए । यता सव डिभिजन वन कार्यालय पथरीका प्रमुख अलाउद्धिन अन्सारीले जुन सुकै वन्य जन्तु भए पनि वन कार्यालयमा वुझाउनु पर्ने नियम भएकाले प्रहरीले सो वन्यजन्तु पनि वन कार्यालयमा वुझाउन पर्ने वताउछन ।

इलाका प्रहरी कार्यलयमा बुझदा कुनै पनि बन्यजन्तु पक्राउ नभएको जानकारी प्रहरी नायव उपरिक्षक गिरीले दिएको अलाउदिनले बताएका छन । तर यता स्थानयिले भने लोपोन्मुख प्रजातीको वन्यजन्तु सहित चोरीमा संलग्न गिरोह प्रहरीलाई बुझाएको बताउछन । दमक बजारबाट हराएको मोटर साईकलको खोजी गर्दै जादा पथरीशनिश्चरे पुलचौकमा फेला परेको थियो भने पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राईको सहयोगमा चोरीमा संलग्न गिरोह पक्राउ परेको थियो ।

वडाध्यक्ष राईले प्रहरीलाई लोपन्मुख प्रजातीका सुन गोहोरो र टोके टोके प्रहरीलाई बुझाएका थिए । राईले प्रमाणको लागि भिडियो गरे पनि प्रहरीले भने मान्छे पिछे फरक फरक कुरा गर्ने गरेको छ । वन कार्यलयलाई कुनै जिवजन्तु पक्राउ नगरेको भने पनि वडाध्यक्षले प्रहरीलाई बुझाउदै गरेको भिडियो सार्वजनीक भएको छ ।

प्रहरी नायव उपरिक्षक गिरी संग बुझदा वनमा छोडेको बताएका छन । प्रहरीले विना मुचुल्का र विना रोहवरमा लोपोन्मुख जिवजन्तु छोड्नुले प्रहरीमा शंका उब्जीएको छ ।

सम्बन्धित समाचार

सगरमाथा प्लसटुद्धारा विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगर – १० मा रहेको सगरमाथा प्लस टुले कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सगरमाथा प्लस टु परिसर भित्र आइतबार विहान भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई...

प्याब्सन स्पोर्टस् मिट : फुटबलको उपाधि सनरे स्कुललाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुलले जुनियरतर्फ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा सुन्दरहरैचाको सिदार्थ स्कुललाई २–० गोलले हराउँद सनरेले फुटबलको उपाधि जितेको हो ।...

एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान

विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजका...

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन सार्बजनिक गर्न अध्यक्ष गोल्छाको माग

काठमाडौं, ११ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौला, महिला उद्यम समितिमा छाराहाङ

विराटनगर, ३० मंसिर–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् । विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम...

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार...

नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् । २० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्