मलेसियामा साहलाई १० वर्ष जेल र १० कोर्रा, मृत्युदण्डबाट पाए माफ

 न्यूज विराट
मलेसियामा साहलाई १० वर्ष जेल र १० कोर्रा, मृत्युदण्डबाट पाए माफ

काठमाडौं, २ साउन-मलेसियामा गाँजा तस्करीको अभियोगमा पक्राउ परेका एक नेपाली तथा दुई मलेसियन नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय नहुने भएकाे छ ।

उनीहरूलाई उच्च अदालतले गाँजा तस्करीको अभियोगमा दुई वर्षअघि मृत्युदण्डको फैसला गरे पनि अब मृत्युदण्डकाे सट्टामा १० वर्ष कारावास तथा १० कोर्रा मात्र सजाय हुने भएकाे छ ।

मृत्युदण्डबाट बच्ने नेपालीको नाम राजकुमार साह रहेको जनाइएको छ । पक्राउ परेर थुनामा रहेका ती व्यक्तिहरूकाे तर्फबाट मुद्दा लडेकी अधिवक्ता खारेन जित कौरका अनुसार पुनरावेदन अदालतमा दायर गरिएको अपिललाई स्वीकार्दै सो अदालतले मृत्युदण्डको यसअघिको फैसलालाई खारेज गर्दै १० वर्ष कारावास तथा १० कोर्रामा रूपान्तरण गरेकाे हाे ।

मलेसियामा मृत्युदण्डको फैसला दिइएको प्रकृतिका अपराधलाई कारावासमा रूपान्तरण गर्दा बढीमा ३० वर्षसम्म जेल सजाय तथा २४ कोर्रासम्म हान्न सक्ने कानुनी व्यवस्था छ ।

उनीहरूलाई १० मार्च २०१५ मा २९०.७६ ग्राम गाँजा तस्करीको अभियोगमा मलेसियाको जोहाेरबारूमा पक्राउ गरिएको थियो । उच्च अदालतले २ वर्षअघि उनीहरूलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार

संसद विघटनविरुद्धको आन्दोलनलाई व्यापक बनाउन कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी...

फोनिज १ को तेस्रो महाधिवेशन पाँचथरको फिदिममा

 विराटनगर ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं प्रदेश तेस्रो महाधिवेशन पाँचथरको फिदिम बजारमा हुने भएको छ  । आगामी माघ ५ देखि ७ गतेसम्म पाँचथरको सदरमुकाम फिदिम बजारमा हुने तेस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन...

चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...

विराटनगरमा चोरी गरेर लैजाँदै गरेको ‘स्कुटी’ सहित एक जना पक्राउ

विराटनगर, १ पुस । विराटगरमा पार्किङ गरेर राखेको स्कुटी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार राम रहेका छन् । बुधबार राति साढे सात...

प्रदेश २ मा ओली पक्षको भेला, पूर्वमाओवादी संसदीय दलका नेता मण्डल समेत सहभागी

काठमाडौं, १५ पुस-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षको प्रदेश २ को कायकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वीरगञ्जस्थित आदर्शनगर टाउन हलमा केहीबेरअघि कार्यक्रम सुरु भएको हो । पार्टीको औपचारिक विभाजनको सन्देश...

चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

विराटनगर, माघ २४–नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१४ स्थित सिमा क्षेत्रबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।...

छुरा प्रहार गरि साथीको हत्या आरोपमा ३ जना पक्राउ

विराटनगर, जेठ २०–सुनसरीको इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका २८ वर्षीय राजन राईको हत्या गरि फरार रहेका तीन जनलाई...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्