४ साउनदेखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

 न्यूज विराट
४ साउनदेखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौं, १ साउन-जल तथा मौसम विज्ञान विभागले १ हप्ताअघि नै २५ देखि २९ असारसम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो ।

नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपर्‍यो । अझै ४५ भन्दा बढी मानिस हराइरहेका छन् । विपद्को आलो घाउमा खाटो बस्न नपाउँदै विभागले पुनः साउन ४ देखि त्यसैगरी विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरी सचेत गराएको छ ।

मौसम विज्ञान विभागका अनुसार ४ साउनदेखि हुने भारी वर्षा ३ देखि ४ दिन रहने विभागले जनाएको छ । त्यस अवधिमा नेपालमा विभिन्न भागमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताइन् ।

यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन डा श्रेष्ठले अनुरोध गरिन् । मुलुकको पूर्वमा अली बढी मनसुन सक्रिय हुने र सुदूरपश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ ।

यही ३ साउनसम्म मौसम सामान्य जस्तै छ । सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना छ । तर, आइतबारदेखि भने अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उक्त रेखा नेपाल प्रवेश गरेपछि मनसुनी वर्षा गराउँछ ।

मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा अति भारी वर्ष हुनेछ । जसका कारण बाढी पहिरोको जोखिम हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म  प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । ५ देखि ७ साउनसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । यस्तो जोखिम क्षेत्र र नदी तटीय तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

प्राधिकरणले मौसम र बाढीसम्बन्धी सूचनाहरू दैनिक बुलेटिन तथा वेबसाइटलगायत सम्बन्धित कार्यालय तथा प्राधिकरणको फेसबुक पेज, ट्वीटरमार्फत सार्वजनिक गर्ने हुनाले उक्त सूचनालाई विशेष ध्यान दिन भनिएको छ ।

आफ्नो क्षेत्रको मौसम र बाढीको अवस्थाबारे जानकार रहन तथा दैनिक मौसम र बाढीसम्बन्धी आउने मोबाइल एसएमएसमा ध्यान दिन अनुरोध गरिएको छ । बेलैमा सुरक्षित उपाए अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । यसअघि २५ देखि २९ साउनसम्म मुलुकका विभन्नि क्षेत्रमा भीषण वर्षा भएको थियो । उक्त अवधिमा वर्षापछि आएको बाढी र पहिरोमा परेर ठूलो धनजनको क्षति भएको छ भने धेरै मानिसहरू हराइरहेका छन् ।

मुलुकमा गएको असार महिनामा मात्रै बाढी पहिरोमा परेर सयभन्दा बढीको ज्यान गुमाएका छन् भने ४५ बढी हराइरहेका छन् । गत असार २५ देखि २८ सम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता रहन सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक सावधानी अपनाउँदा अपनाउँदै पनि ठूलो जनधनको क्षति भयो । यो बीचमा विशेषगरी पहिरोले धेरै मानिसको ज्यान लिएको छ । हराइरहेको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले राहत र उद्धार तथा पुनःस्थापनको काम तीव्र पारिएको जनाएका छन् ।

यसपटक भने असरमा आधारित सूचना प्रणाली अपनाइएकाले भारी वर्षा हुने मात्रै सूचना नदिएर कुन ठाउँमा कस्तो असर गर्छ भन्ने सूचनासमेत सार्वजनिक गर्ने गरिएको  प्राधिकरणका प्रमुख पोखरेलले बताए । त्यस कारण धेरै स्थानबाट पूर्वसूचना प्रणालीको प्रशंसासमेत भएको छ । उनले अहिलेदेखि नै सम्बन्धित स्थानीय तह, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयदेखि सम्बद्ध सङ्घसंस्थासँग समन्वयमा आवश्यक पूर्वतयारी गरिएको बताए । – रासस

सम्बन्धित समाचार

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।...

विराटनगरमा आइतबार राती थप एक संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ–विराटनगरमा आईतवार राति थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । आईतबार कोरोना पुष्टि भएपछि घरमै...

प्रदर्शन चर्किएपछि ह्वाइट हाउसको बङ्करमा लुके ट्रम्प

एजेन्सी, जेठ १९-अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा हिंसात्मक प्रदर्शन राष्ट्रपति भवन ह्वाइट हाउससम्म पुगेको छ । वासिङ्टनमा ह्वाइट हाउसको बाहिर प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्पलाई केही समयका लागि बंकरमा लगिएको छ । ट्रम्पले ह्वाइट हाउसको बङ्करमा...

रतुवामाइ समाजले मनायो स्थापना दिवस

विराटनगर । रतुवामाइ समाज विराटनगरको पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरस्थित आर्दश स्कुलमा शनिबार एक कार्यक्रम आयोजना गरी पाँचौ स्थापना दिवस मनाएको हो । समाजको अध्यक्ष विष्णुराज लामिछानेको सभापतित्वमा भएको उक्त...

दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने‍

तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  चाडपर्वमा देश तथा विदेशबाट धेरै...

प्रदेशको अधिकारमा संघको हस्तक्षेप भयो : मुख्यमन्त्री राई

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न संघीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रदेशको भए पनि कतिपय एकल अधिकार केन्द्र सरकार...

भरतमा एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

एजेन्सी, १० पुस । भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त...

एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्