विराटनगर, साउन १–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तीले प्रमाण पु¥याएर मात्र बोल्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले जति कम बोल्यो त्यति राम्रो हुने भन्दै राम नेपालमा जन्मेको विषय सहि हो भने त्यसलाई प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्ने उनले बताए । नेपाल इम्व्रोडरी हेण्डिक्राप्ट तथा सिलाई वुुनाई श्रमजिवी संघको दोश्रो नगर अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले प्रधानमन्त्रीले बोल्ने गरेका धेरै विषयहरु अहिले विवादित बनेको बताए ।
प्रधानमन्त्रीले संवेदनशिल विषयमा जथाभावी बोल्न नहुने उनको भनाइ थियो । मुलुकमा सुशासन र समृद्धि कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न कांग्रेसले खबरदारी गरिरहेको समेत उनले बताए । कोरोनाको नाममा भएको अनियमितता र भ्रष्टाचारका विषयमा सरकारले सत्यतथ्य छानविन गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।