आज ५ वटा उडानबाट यूएईमा समस्यामा परेका नेपालीको उद्धार गरिँदै

 न्यूज विराट
आज ५ वटा उडानबाट यूएईमा समस्यामा परेका नेपालीको उद्धार गरिँदै

काठमाडौं, १ साउन-आज यूएईबाट ५ वटा उडानमार्फत कोरोना भाइरसको महामारीका कारण अलपत्र परेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याइँदै छ । दुबईबाट नेपाली लिएर आएको नेपाल एयरलाइन्सको एउटा जहाज केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएकाे छ भने अबुधाबीबाट आएको हिमालय एयरलान्सको जहाज पनि विमानस्थलमा अवतरण गरेको छ ।

यूएईको दुबईबाट नेपाल एयरलाइन्सका दुई जहाजमार्फत नेपाली स्वदेश फर्कंदै छन् । अबुधाबीबाटै हिमालय एयरलाइन्सको अर्को जहाज पनि नेपाली लिएर आउँदै छ । त्यस्तै, फ्लाई दुबईले पनि यूएईको सारजहाँबाट नेपाली लिएर आउँदै छ ।

आज हङकङबाट पनि नेपाली स्वदेश फर्कंदै छन् । आजै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका ५ जहाज साउदी जाँदै छन् । नेपाल एयरलाइन्सका दुई जहाज साउदीको रियाद र दमाम जाँदै छन् भने हिमालय एयरलाइन्सका दुई जहाज दमाम र एक जहाज रियादमा नेपाली लिन जाँदै छन् ।

सम्बन्धित समाचार

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम...

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार शीतल निवासमा आज भएको भेटघाटमा...

झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना...

जनकपुर भन्सारका नायब सुब्बा घूस लिँदालिँदै पक्राउ

जनकपुर, माघ २१–भन्सार कार्यालय जनकपुरधामका नायब सुब्बा अहमद रजा अन्सारी जनकपुरबाट घुससहित पक्राउ परेका छन् । अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीवासबाट खटिएको टोलीले एक लाख ५० हजार घूससहित सोमबार साँझ पक्राउ गरेको हो। नासु...

सुनको मूल्य ९९ हजार ८ सय पुग्यो

काठमाडौं, २० साउन-सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ । आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार तेजावी...

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका १ सदस्यले बताएका छन्...

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्