आज साउने सङ्क्रान्ति मनाइँदै

 न्यूज विराट
आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेषरूपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज छैन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५९ जना...

१ सय ४ पत्रकारले गराए कोरोना परीक्षण

जनकपुर, ३१ वैशाख-२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका...

मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ

बिराटनगर, ५ माघ । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक...

सिन्धुपाल्चोकमा बाढीले बगाएका ७ को भेटियो शव, अन्यको खोजी जारी

सिन्धुपाल्चोक, असार २-अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएको सात जनाको मृत्यु भएको छ । हेलम्बु क्षेत्रमा उनीहरुको शव आज भेटिएको हो । हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि बिहानबाट प्रहरीले खोजी तथा...

एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी...

कटहरीको हुलाकी राजमार्गको काम सुरु गर्न माग, तत्काल काम नगरे १५ चैतबाट आन्दोलनमा उत्रिने चेतावनी

विराटनगर । मोरङको तराई मधेसलाई यातायातमार्फत पूर्वपश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काममालाई तिव्रता दिनुपर्ने माग नेपाली काँग्रेस कटहरी गाउँपालिकाले गरेको छ । उक्त सडक निमार्ण ढिलासुस्ती हुँदा सवारी दुर्घटना र आवत जावतमा सास्ती...

प्रदेश १ को बजेट परिमार्जन हुने

विराटनगर, २ मंसिर । प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्