काठमाडौं, ३१ असार-३ महिनागरपालिकाले कानुनले दिएको अधिकारअनुसार घरजग्गा र सम्पत्तिबापतको कर उठाउन सकेका छैनन् । महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनअनुसार १ सय जना करदाताबाट यस्तो रकम उठाउन नसकेको देखिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५ बमोजिम स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र एकीकृत सम्पत्ति कर वा घर जग्गा कर लगाउने व्यवस्था छ । यो वर्ष काठमाडौं महानगरपालिकाले ६७ करदाताबाट विभिन्न वर्षको घर जग्गामा तिर्नुपर्ने सम्पत्तिकर ५५ करोड २७ लाख ३१ हजार उठाउन सकेको छैन ।
ललितपुर महानगरपालिकाले सम्पत्ति करबापत २५ करदाताबाट ११ करोड ७४ लाख ७६ हजार रुपैयाँ नउठाएको देखिएको छ । त्यस्तै, पोखरा महानगरपालिकाले सम्पत्ति करबापत ७ करदाताबाट ९ करोड ९८ लाख १७ हजार असुल गरेका छैन।