मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

 न्यूज विराट
मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् ।

मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री सहित सङखुवासभाको चित्रेडाँडामा गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईसँग पहिलो लटमा हेकिप्टरमा टेन्ट, चामल, तेल , दाल, नून लगायतका खाद्यान्न सामाग्री रहेको छ ।

पहिरो पीडितहरुलाई आवश्यक खाद्यान्न लगायतका राहत सामाग्री सहयोग पु¥याउन नेपाली सेनाको हेलिकप्टर आज मौसम सफा रहेमा दोश्रो लटको समेत उडान रहेको छ ।

सम्बन्धित समाचार

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

कोरियाबाट श्रीमानको निर्देशनमा परिवारै मिलेर चुनुकुमारीको हत्या

विराटनगर । सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान वर्ष ३१ का प्रेम बहादुर बुढाथोकीको मुख्य योजनामा परिवारको संलग्नतामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।वैदेशिक रोजगारमा कोरियामा रहेका...

कोरोनाबाट थप नौ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

काठमाडौं, २६ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र सात पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ दोस्रो साता हुने भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी...

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा...

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार दिइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहतस्वरुप ३ महिनाका लागि मासिक १० हजार रुपैयाँ दिने तयारी गरेको छ । विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट...

मोरङको सुनवर्षीमा सुतेकै ठाउँमा मृत भेटिए २८ वर्षे युवक

विराटनगर, २ वैशाख । मोरङमा  २८ वर्षे एक युवक सुतेकै ठाउँमा मृत भेटिएका छन् । सुनवर्षी नगरपालिका-६ स्थित हरि राजवंशीकाे घरमा सुतेका तीर्थ निरौला बिहीबार राति ९ः२५ बजे मृत फेला परेका प्रहरीले जनाएकाे छ । माेरङ प्रहरीका...

पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाउने भएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्