प्रदेश प्रहरी विधेयक संशोधनसहित पारित

 न्यूज विराट
प्रदेश प्रहरी विधेयक संशोधनसहित पारित

विराटनगर, असार २९–प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रदेश सभाले विधेयक पारित गरेसँगै प्रदेश १ मा प्रदेश प्रहरी भर्नाको बाटो खुलेको छ ।

प्रदेश १ मा ११ हजार प्रहरी सहितको प्रदेश प्रहरी गठन गर्ने व्यवस्था प्रदेश प्रहरी सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक २०७७ ले गरेको छ । पहिलो चरणमा संघिय प्रहरी नै प्रदेशमा समायोजन भएर आउने भएकाले दोस्रो चरणमा मात्रै आबश्यकताका आधारमा प्रदेशमा प्रहरी भर्ना सुरू गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेश प्रहरी सम्बन्धी विधेयकमा सांसदहरू लक्ष्मण तिवारी, विमल कार्की, शिव नारायण सिंह गनगाई लगायतका सांसदहरूले संसोधन प्रस्तावदर्ता गरेका थिए ।

केहि सांसदले राखेका संसोधन प्रस्तावलाई ग्रहण गर्ने र केहिलाई नियमावलीले सम्बोधनगर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आश्वासन दिए ।

आफूहरूले राखेका संसोधन प्रस्तावलाई आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले आंशिक रुपमा स्वीकार गरेको र केहि प्रस्तावलाई नियमावलीमा समावेश गर्ने आश्वासन दिएकाले प्रस्ताव फिर्ता लिने सांसदहरूले घोषणा गरेका थिए ।

संसोधन प्रस्ताव सांसदहरूले फिर्ता लिएकाले प्रहरी सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो । ९४ दफा रहेको विधेयकमा एक पटक समावेशीको सुविधा पाएका प्रहरी कर्मचारीले पुनः सो सुविधा नपाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

आत्महत्या रोकथाम प्रशिक्षण तालिम सकियो

विराटनगर । चिकित्सकहरुलाई आत्महत्या रोकथाम सम्बन्धि एक दिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । नेपाल चिकित्सक संघ कोशी शाखाको आयोजना उक्त तालिम विराटनगरमा भएको हो ।संघको साईन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुराईगाईको अध्यक्षतामा शुरु भएको...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ३८३ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोना भाइरस...

यातायातमा ६२ करोड भ्रष्टाचार प्रकरण : तत्कालीन प्रमुखसहित पाँच जना गए कारागार

विराटनगर । राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी...

बेलबारी गोल्डकप, बिर्तामोड युनाईटेड क्लब अन्तिम चारमा

बेलबारी । बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाण्डौलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा अन्तिम चारमा पुगेको हो । बुधबार बिर्तामोड युनाईटेड...

सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...

छिमेकी बालकको हत्या आरोपमा एक दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...

सबै अन्तर्राष्ट्रिय उडान स्थगित

सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको...

एमालेका दोस्रो तहका नेताहरूको निष्कर्ष : सहमति उल्लंघन गर्न नदिने, पार्टीको एकतामा दबाब दिने

एमालेको दोस्रो तहका नेताहरूले शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन दबाब दिने भएका छन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकले कार्यदलले गरेको १० बुँदे सहमति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्