भारतले ‘नक्कली अयोध्या’ बनाइ सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

 न्यूज विराट
भारतले ‘नक्कली अयोध्या’ बनाइ सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादीत अयोध्या खडा गरेको उनको भनाइ छ ।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन,’ उनले भने, ‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन् ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्नसमेत गरे । त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।

भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन् । नजिकै पर्थो सजिलैसँग गए होलान तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरी एक हमला माथि अर्को…’ प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो सृंखलाले निरन्तरता पाउन नसकेको बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीलाई देउवाको टेलिफोन

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् । उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरूपले गरेर...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

स्थायी कमिटी बैठकमा जनार्दनको विशेष प्रस्ताव (प्रस्तावसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले छलफलका लागि विशेष प्रस्ताव पेस गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई सम्बाेधन गर्दै पेस गरेको विशेष प्रस्तावमा उनले सरकारले ‘संघीय लोकतान्त्रिक...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

प्रहरी र सशस्त्र प्रहरीको एकीकृत अनुगमन र मूल्यांकन विधि बनाउँदै गृह मन्त्रालय

काठमाडौं, २४ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा बनाउने तयारी गरेको छ । मातहतका दुवै सुरक्षा निकायको एकीकृत अनुगमनले सुरक्षा निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता वृद्धि हुने भन्दै एकीकृत...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

यौन दुर्व्यवहारको आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकाल पक्राउ

विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो...

दिल्लीको दृश्य दोहोरिन सक्ने विराटनगरका चिकित्सकको चिन्ता

विराटनगर, १ जेठ । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्