काठमाडौं, २९ असार-सोमबार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको उनले बताए । हालसम्म देशभर संक्रमितको संख्या १६ हजार ९४५ पुगेको उनले बताए ।
सोमबार ५ हजार ८५६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ७७० रहेको छ भने ६ हजार ६१३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा अहिलसम्मकै सबभन्दा धेरै निको भएका छन् । २४ घण्टाका १ हजार ७०५ निको भए । अहिलेसम्म निको हुनेको संख्या १० हजार २९४ पुगेको छ ।