प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा पनि निस्कियो जुलुस

 न्यूज विराट
प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा पनि निस्कियो जुलुस

जनकपुर, २४ असार-केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन गरिएको छ । मोटरसाइकलमा सवार कार्यकर्ताले निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो ।

‘पार्टी फुटाउन पाइँदैन, स्थिर सरकार ढाल्न पाइँदैन, नेकपा जिन्दावाद, ओली सरकार जिन्दावाद, राष्ट्रियता कायम गर, भारतीय दलाल मुर्दावाद’लगायतका नारा लेखिएको प्लेकार्डसहित नेकपा समर्थित दर्जनौँ युवा संलग्न भई सङ्कट मोचनबाट सुरु भएको मोटरसाइकल र्‍याली थापाचोक, पिडारीचोक, रामानन्दचोक, भ्रमरपुराचोक, विश्वकर्माचोक, विद्यापतिचोक, कदमचोक, भानुचोक, शिवचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो ।

नेकपाका केही नेताहरूलाई देशी, विदेशी समूहले विभिन्न नाममा उचालेर पार्टी टुक्र्याएर अस्थिरता निम्त्याउनतर्फ भारतलगायतका शक्ति राष्ट्रहरू लागेका हुँदा पार्टी एकतालाई कायम राख्न आग्रह गर्दै आफूहरूले दबाब स्वरूप र्‍याली निकालेको जनकपुरधाम उपमहानगरपालिका- १३ का वडाध्यक्षसमेत रहेका नेकपा नेता शुभनारायण मण्डलले बताए ।

उनले भने, ‘अहिलेको सन्दर्भमा राष्ट्रिय मुद्दा नै ठूलो छ र केपी ओलीको सरकार ढालेर अरू कसैको नेतृत्वमा सरकार बनेमा राष्ट्रियता, सीमाङ्कन र नागरिकतासम्बन्धी मुद्दा कमजोर हुन्छ ।’ केपी ओली नेतृत्वको सरकारलाई कसैले ढाल्न खोजेमा जनता सडकमा सशक्त रूपमा प्रतिवादमा उत्रने चेतावनीसमेत मण्डलले दिए ।

विश्व नै कोरानाका कारण अस्तव्यस्त भइरहेको सन्दर्भमा सरकार त्यसको नियन्त्रणका लागि प्रयत्नशील रहेको, नक्सा, नागरिकता र राष्ट्रियताको सवालमा सरकार जुधिरहँदा बेमौसमी बाजा बजाएर प्रधानमन्त्री ओलीको राजीनामा माग्नु भारतीय दलालीबाहेक केही नरहेको मण्डलले जिकिर गरे ।

सम्बन्धित समाचार

झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

झापा,  २ असोज-झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा...

सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान

विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् । असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा...

कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गणना नगर्न दबाब

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले आज प्रदेश...

आज १०४४ संक्रमित थपिए, १२७१ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । आज ७ हजार ४ सय १४ जनाको...

अपांगता दिवसको पूर्वसन्ध्यामा विराटनगरमा दिप प्रज्वलन

विराटनगर । अपांगता दिवसको पूर्वसन्ध्यामा सामर्थ्य समाजद्वारा विराटनगरमा दिप प्रज्वलन गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता र अपांगता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय अपांगता भएका ब्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धताू भन्ने मुल नाराका...

३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...

विकेभिएम र राइजिङ नेपाल विजयी

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ । पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७ विकेटले पराजित गरेको छ ।...

चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्