सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

 न्यूज विराट
सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड– १९) का कारण लकडाउन भएपछि समस्यामा परेका उद्योगी व्यवसायीलाई सम्बोधन गर्न राहत प्याकेज नल्याए आन्दोलनमा जाने बताएको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने बताए । उनले लकडाउनको समयलाई शून्य समय मानेर ब्याजदर, कर, घरभाडा लगायतमा छुट पाउनुपर्ने बताए ।

महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्षपछाडि सार्नुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योगी व्यवसायीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३.५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यावसायिक घरभाडा छुट दिनुपर्नेलगायतका मागहरू राखिएको अध्यक्ष कटुवालले बताए । उनले लकडाउनका कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न निजीक्षेत्र सम्मिलित समन्वय समिति गठन गर्नसमेत माग गरे ।

सम्बन्धित समाचार

प्रदेश १ मा र्यापिड डाइग्नोष्टिक टेस्ट सुरु

विराटनगर, चैत २९–प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक परिक्षण पनि सुुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

धु्रवसागर शर्मा/गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी...

आज ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

काठमाडौं, २७ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि...

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, अर्काे बैठक साउन ६ मा

काठमाडौं, ४ साउन-आज दिउँसाे ३ बजे बस्ने तय भएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै उक्त...

यौनिक तथा लैंगीक अल्पसंख्यकलाई राहत वितरण

विराटनगर । विपन्न सामुदायका यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । ७९ जना यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई बुधबार विराटनगरमा राहत सामाग्री वितरण गरिएको हो । समलंगी तथा तेस्रोलीगीहरूको घृणा विरुद्धको दिवसको अवसर...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्