२४ घण्टामा १८० जनामा कोरोना संक्रमण

 न्यूज विराट
२४ घण्टामा १८० जनामा कोरोना संक्रमण

काठमाडौं, २२ असार-सोमबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । देशभर १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्यष मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा थप १८० जनामा कोरोना देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

२५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ७२१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने ९ हजार ११८ आइसाेलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा २६४ जनाले कोरोना भाइरसलाई जितेका छन् । अहिलेसम्म ६ हजार ८११ जनाले कोरोनालाई जितेको उनले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि भएका पहिचानवादीसँग वार्ता गर्ने : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले यस्तो बताएका हुन्...

होम आइसोेसनमा संक्रमितको मृत्यु

विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...

बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...

प्रदेश स्तरीय कबड्डी प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका...

नुवाकोटका १ जनामा कोरोना आशंका

नुवाकोट, २४ वैशाख-नुवाकोटको विदुर नगरपालिकाका १ व्यक्ति कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार आज साँझ ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना...

प्रदेश सरकारले कर्मचारीलाई ढाका पहिरन लगाउन नीति बनाउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर प्रवद्र्धन गर्ने नीति लिएको बताएका छन् । विराटनगरमा आजबाट सुरु भएको तीन दिने ढाका महोत्सवको उद्घाटन गर्दै...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्