सहमतिको प्रयासस्वरूव बालुवाटारमा ओली–प्रचण्ड छलफल

 न्यूज विराट
सहमतिको प्रयासस्वरूव बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् ।

आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति बैठक स्थगित गरेर ओली–प्रचण्डबीच बालुवाटारमा पुनः छलफल सुरु भएको हो ।

आइतवार ओलीसहित उनी पक्षधर महासचिव बिष्णु पौडेल र शंकर पोखरेल तथा कार्यकारी अध्यक्ष प्रचण्डसहित उनी पक्षधर वर्षमान पुन र जनार्दन शर्मासहित सामूहिक छलफल गरेर ‘सहमति नजिक पुगे’ भनिएपछि पुनः दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी राखिएको हो ।

पार्टी एकताताका अध्यक्ष ओली र प्रचण्डबीचको सहमतिले दुई अध्यक्ष सहमत भएर हस्ताक्षर गरेपछि मात्रै आधिकारिकता पाउने भनिएकाले पनि दुई जना मात्रै बसेका हुन् ।

ओली र प्रचण्ड बिच सहमति भए पछि मात्रै स्थायी समिति बैठकमा अजेन्डा लैजाने प्रयास स्वरुप ओली– दाहाल छलफलमा जुटेका हुन् । गत शुक्रवार पनि ओली–दाहालसहित २०७५ जेठ ३ का सहमतिका साक्षी महासचिव पौडेल र स्थायी समिति सदस्य शर्मा बसेर पहिलो चरणमा छलफल चलेको थियो ।

सो छलफलको परिणामस्वरुप शनिवार बोलाईएको स्थायी समिति स्थगित गरी आज सोमवारका लागि बोलाईएको  र सहमति नजुटे पछि पुनः २ दिनका लागि बैठक स्थगित गरेर प्रचण्ड–ओली वार्तामा बसेका हुन् ।

सम्बन्धित समाचार

रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि

सुर्खेत, ३२ जेठ-रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ । घटनाको आवश्यक छानबिनपछि प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...

हिमालय दर्शन कलेजमा शेफ प्रतियोगिता, विराट विक्टोरियाले जित्य उपाधि

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना गरेको छ ।कलेज परिसरमा शुक्रबार शेफ प्रतियोगिता गरेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धितीय सुकुना सेकेण्डरी स्कुल र तृतीय ब्राइट फ्यिूचर...

युवतीमाथि तेजाब प्रहार

काठमाडौं, साउन ८-काठमाडौंको सीतापाइलामा युवतीमाथि तेजाब प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनलाई अहिले कीर्तिपुर...

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

बिराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना, विरामीको ज्यान बचाउन रक्तदान र सचेतना

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पताल भित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो । संचालनमा आएको ब्लड बैंकमा...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

विराटनगर १ माघ । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्