त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

 न्यूज विराट
त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौं विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । 

नेपाल एयरलाइन्सका २ जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौं अवतरण गरेका छन् । आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्ने छन् ।

कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौं आइपुगेको विमानस्थलले जनाएको छ । सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ ।

यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौं विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कने विमानस्थलले जनाएको छ । आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौं ल्याउने छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जनाएको छ ।

कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीको चार्टर्ड उडान गरी नेपाल ल्याउन नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक ५ देखि ६ वटासम्म उडान गरिरहेका छन् । त्यस्तै, कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगायत  विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । रासस

सम्बन्धित समाचार

लर्डबुद्ध कलेजको शिविरमा विद्यार्थीको भिड, पहिलो दिन दुई सयले गराए स्वास्थ्य जाँच

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधीक सहयोगमा एसइइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले...

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

काठमाडौं, १३ साउन-सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव भएका रमेशकुमार सिलवालको नियुक्तिमा कारण देखाउ आदेश जारी गरेको छ । सिलवाललाई नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश...

सस्तोमा सामान पाइने भन्दै फेक विज्ञापन गर्ने गिरोह सक्रिय, प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं, २३ असार-महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत् मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले...

विराटनगरमा तीनदिने सडक महोत्सव हुने, ४० वटा स्टल रहने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव हुने भएको छ । माघ १२ देखि १४ गतेसम्म सडक महोत्सव हुने भएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै सांस्कृतिक कार्यक्रमहरू...

कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिने

कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ । मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले कम्पनीहरूले श्रमिकको पूर्ण खर्च व्यवहोर्ने बताएका हुन् ।...

अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए...

एक वर्षमा क्षयरोगबाट प्रदेश १ मा ११३ जनाको मृत्यु

विराटनगर, १० चैत । एक वर्षको अवधिमा प्रदेश १ मा क्षयरोगबाट एक सय १३ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा मंगलबार ग्लोबल फन्ड, नेपाल सरकारको सहयोग र सेभ द चिल्ड्रेनको आयोजनामा...

अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । यूएस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्