बालुवाटार बैठक सकारात्मक, भोलि फेरि बस्ने

 न्यूज विराट
बालुवाटार बैठक सकारात्मक, भोलि फेरि बस्ने

काठमाडौं, १९ असार-वालुवाटारमा भएको नेकपाका अध्यक्षद्वयसहितका नेताहरूबीचको वार्ता सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको बैठक सकिएको हो । उनीहरूबीचको वार्ता सकारात्मक रहेको वार्तामा सहभागी एक नेताले बताएका छन् ।

ती नेताका अनुसार दुवै अध्यक्षले आ-आफ्ना कुरा खुलेर राखेका थिए । यद्यपि, प्रचण्डले राजीनामा माग्ने र ओलीले दिन्न भने अडान कामय रहेको बताइएको छ ।

वार्ता सकारात्मक रहेपनि निर्णायक मोडमा नपुगेको अर्को चरणमा बस्ने गरी टुंगिएको बताइएको स्रोतको भनाइ छ । ‘बैठक सकारात्मक छ,’ स्रोतले भन्य ‘फेरि भोलिको स्थायी कमिटी बैठकअघि अर्को चरणमा बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’

दुवै अध्यक्षबीच बालुवाटारमा करिक ३ घण्टा वार्ता भएको थियो । छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डबाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

सम्बन्धित समाचार

काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन...

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसः स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको...

प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० ÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् । संघीय संसदमा प्रि बजेट छलफलमा...

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

अपाङ्गता भएका व्यक्तिहरूको बहुप्रतिभा कार्यक्रम

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले बहुप्रतिभा कार्यक्रम आयोजना गरिएको छ । सामथ्र्य समाज विराटनगरको आयोजनामा विराटनगरमा बुधबार बुहप्रतिभा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरूले गायन, नृत्य, कविता,...

सर्वोच्च अगाडि प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा बार एसोसिएसनले आन्दोलन जारी राख्दा उनका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् । सर्वोच्च परिसरमा प्रधानन्यायाधीस पक्षधरले प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ । बारको आन्दोलनका कारण न्यायमा अवरोध भएको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्