प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५÷५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरङको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ ।

सम्बन्धित समाचार

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

मलाई मत नदिने अमेरिकीका लागि पनि मेहनतसाथ काम गर्नेछु : बाइडेन

एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...

डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने, उद्घाटनमा इटहरी र मोरङ भिड्ने

विराटनगर । प्रथम ग्रामथान भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । इन्द्रेणी सामुदायिक विकास केन्द्रको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका ३ सिधरास्थित वाणी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी...

एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी देखिएको छ । कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् । एमाले कोशीको अधिवेशन...

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...

रेल विस्तारमा लगानी गर्न रसिया इच्छुक, बुझाइयो रुसी रेलवे कम्पनीको आशयपत्र

काठमाडौं, ३ फागुन-रसियाले नेपालको रेल यातायातको  क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्