गोप्य सहमतिका साक्षीसहित बालुवाटारमा ओली–प्रचण्ड छलफल

 न्यूज विराट
गोप्य सहमतिका साक्षीसहित बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, १९ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

पार्टीको विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको हो । छलफलमा दुई अध्यक्षका साथै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी छन् । पौडेल र शर्मा दुई अध्यक्षबीच समानताका आधारमा दुई अध्यक्षले पालैपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति हुँदाका साक्षीसमेत हुन् ।

दुई अध्यक्षबीचको छलफलमा पार्टीभित्र पछिल्लो समयमा देखा परेको समस्या समाधान गरी पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा छलफल हुनेछ ।

पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरु अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका छन् । बैठकमा अधिकांश नेताहरूले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न दबाब दिएका छन् ।

ओलीले आफूलाई हटाउन दूतावासदेखि होटलसम्म षढ्यन्त्र भइरहेको बताएपछि नेताहरूले त्यसबारेमा स्पष्ट पार्न माग गरेका छन् । ओलीले भने अप्ठ्यारो परेपछि संसदको जारी अधिवेशनसमेत अन्त्य गरिदिएका छन् ।

संसद अधिवेशन अन्त्य नगर्ने दुई अध्यक्षबीच सहमति भएको केही समयपछि नै ओलीले सो कदम चालेपछि प्रचण्डले बिहीबार राष्ट्रपति विद्या भण्डारीलाई भेटेर पार्टीको एक खेमाको निर्णयका पक्षमा नउभिन आग्रह गरेका थिए । पार्टीभित्रको आन्तरिक विवादबारे छलफलपछि मात्रै स्थायी कमिटी बैठक बस्ने सहमति भएअनुसार दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

सम्बन्धित समाचार

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

बीपीमा थप दुई संक्रमितको मृत्यु

विराटनगर,  १० कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका एक पुरुष र सुनसरी धरानका एक महिला रहेका छन् । मोरङका पुरुषको आइतबार...

बालुवाटारमा ओली, प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ । उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको...

बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक  जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...

संशोधन अस्वीकतपछि संदनबाट बाहिरकी गिरीले भनिन् : जातीय विभेद राखेर आक्रमण गरियो

काठमाडौं, ३१ जेठ-समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताइन् । संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफूले आफ्नो धारणा संसदमा राख्न...

सरकारले संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन दिँदैन : डा. खतिवडा

काठमाडौं, २२ साउन-अर्थ, सञ्चार तथा सूचना प्रविधिमत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्