मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि

 न्यूज विराट
मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि

भरतपुर, १९ असार-चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने २ करोड ५८ लाख १४ हजार ४ सय २५ रुपैयाँ तिर्न आलटाल गरेको छ ।

सो कलेजले भरतपुर अस्पतालको ९ विगाह जग्गा प्रतिविगाह वार्षिक १ लाख रुपैयाँ तिर्ने गरी सुरुमा भाडामा लिएको थियाे । भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालका अनुसार महालेखा परीक्षकको कार्यालयले गत वर्षसम्मको २ करोड २० लाख २३ हजार ७ सय ७० रुपैयाँ तिर्न बाँकी रहेको भन्दै तत्काल असुल गर्न ताकेता गरेको छ ।

यस वर्षको भाडा र पछि थप गरिएको रकमसहित ३७ लाख ९० हजार ६ सुय ५५ रुपैयाँ तिर्न बाँकी छ । अस्पतालले पटकपटक भाडा बुझाउन ताकेता गरेको भए पनि भाडा नउठेको उनले बताए । 

राष्ट्रिय सतर्कता केन्द्रले अस्पताललाई पत्राचार गरी २ संस्थाबीचको सम्झौताको विस्तृत विवरण माग गरेको छ ।  महालेखा परीक्षकको कार्यालयले पनि स्वास्थ्य विभागमार्फत भाडा असुली तत्काल गर्न अस्पताललाई ताकेता गरिरहेको खनालले जानकारी दिए । विसं २०६२ सालमा सम्झौता हुँदा प्रतिविगाह वर्षको १ लाख, प्रतिवर्ष थप सहयोग १५ लाख र हरेक वर्ष सो रकमको १० प्रतिशतले वृद्धि हुने भनी सम्झौता गरिएको छ

नेपाल सरकारले अस्पतालको नाममा रहेको जग्गा कलेजलाई भाडामा दिने निर्णय गरेसँगै सन् १९९३ मा तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालयले इन्टरनेस्नल सोसाइटी फर मेडिकल एजुकेसनसँग सम्झौता गरेको थियो । 

सो सम्झौतापश्चात् अस्पतालले सम्झौता गरी भाडामा दिएको हो । यसबीचमा अस्पताल र कलेजबीच विभिन्न मितिमा फरकफरक किसिमका सम्झौता हुँदै आएको अस्पतालले जनाएको छ । 

पछिल्ला वर्षहरूमा भाडा रकम निकै न्यून भएकाले पुनः सम्झौता गर्नुपर्ने माग भरतपुर अस्पतालको भए पनि मेडिकल कलेजले अटेर गर्दै आएको जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सो मेडिकल कलेजका आधिकारिक व्यक्ति बाहिर भएकाले कुरा हुन नसकेको भए पनि उनी फर्किएपछि संस्थागत रूपमा बैठक बसी यस विषयको टुङ्गो लगाइने बताए । 

हाल भरतपुर अस्पतालले एक कट्ठाभन्दा कम जग्गाको मासिक झण्डै ५ लाख भाडा असुल गरिरहेको बेलामा एक विगाहको वार्षिक १ लाख रुपैयाँ भाडासमेत कलेजले नतिरेको हो । 

अस्पतालले मेडिकल कलेजलाई ४९ वर्षका लागि जग्गा भाडामा दिएको हो । अस्पतालको आफ्नो गुरुयोजनाअनुसार संरचना निर्माणका लागि जग्गा अभाव भइरहेका बेला मेडिकल कलेजले कौडीको भाउमा लिएको जग्गा झाडी बनाएर छोडेको भन्दै सरोकारवालाले विरोध गरिरहेका छन् । रासस

सम्बन्धित समाचार

विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...

हतियार देखाएर व्यपारीसँग रकम अशुल्ने विराटनगरबाट पक्राउ

विराटनगर, १७ भदौ-बिराटनगर–४ सूथत कंचनवारीबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७...

भेन्टिलेटर र आइसियू सुविधासहितको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

विराटनगर, २७ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले...

अब भारतसँग वार्ता अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ३१ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसंगको वार्ता अघि बढाउने बताएका छन । उनले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा  समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन...

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत...

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

विराटनगर, २५ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान १२ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो...

बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी

बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्