प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन

 न्यूज विराट
प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन

पोखरा, १९ असार-प्रधानमन्त्री केपी शर्मा ओली नै पदमा रहनुपर्ने माग गर्दै पोखरामा युवाहरूले प्रदर्शन गरेका छन् । शुक्रबार झरीको प्रवाह नगरी पोखराको चिप्लेढुंगामा युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘केपी ओली जिन्दावाद’, ‘नागरिकता विधेयक पारित गर, विदेशी हस्तक्षेप बन्द गर’, ‘आजलाई हाेइन भोलिलाई, ५ वर्ष ओलीलाई, ‘फेर्नु छ चाँडै देशको मुहार, हाम्रो भविष्य हाम्रो सरोकार’, ‘जब रहन्छ चन्द्रसूर्य, डुब्ने छैन हाम्रो स्वाभिमान’ लगायतका नारा लगाएका थिए ।

उनीहरूले  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति इङ्गित गर्दै अँध्यारो कोठेबैठक बसेर ओलीलाई हटाउन लागेको भन्दै आपत्ति प्रकट गरे ।

उनीहरूले जनमतको कदर गर्नसमेत आग्रह गरेका छन् । झरीमा रुझेर कार्यकर्ताले प्रदर्शन गरिरहँदा नेताहरू कोही पनि सहभागी नभएको भन्दै केही समर्थक रुष्ट बनेका छन् ।

प्रदर्शनमा सहभागी नेकपाकै कार्यकर्ता विनोद थापाले अहिलेको परिस्थितिमा सरकार परिवर्तन गर्न नहुने बताउँदै आफूहरू कुनै व्यक्ति र गुटको पक्षमा नरहेकाे बताए । स्वतन्त्र युवा विद्यार्थीको नामबाट सामाजिक सञ्जालमार्फत गरिएको आह्वानअनुसार जम्मा हुनेमा अधिकांश युवा थिए ।

सम्बन्धित समाचार

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

न्युरो अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटर सहितको कोभिड अस्पताल

विराटनगर, १४ भदौ–प्रदेश १ मा पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल को विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई...

चितवनका १ सङ्क्रमित कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

चितवन, १३ वैशाख-कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका २ जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । २ पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै...

कोरोनाको उच्च जोखिममा छ देश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...

मोरङको कानेपोखरीमा–७ एमालेको प्यानलै विजयी

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका– ७ नेकपा (एमाले) को प्यानलनै बिजयी भएको छ । वडा अध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारी, महिला सदस्यमा पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र...

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ, आज ३ बजे सार्वजानिक गर्दै प्रहरी

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोसहित पक्राउ...

१० करोडको लगानीमा विराटनगरमा ‘हाजि आँखा’ अस्पताल संचालन, ५० जनाले पाए रोजगारी

विराटनगर । विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल सोमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेपछि संचालनमा आएको हो...

विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्