फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

 न्यूज विराट
फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ ।

दलित समुदायको नाम भजाएर मुनाफारहित संस्थालाई व्यापार जस्तो बनाएर सँधै नक्कली बिल भौचर पेश गरि कतिपय कार्यक्रम नै नगरि बजेट झ्वाम पार्दै आएका विश्वकर्माले लेखा परिक्षण प्रतिवेदन पनि फर्जि बनाउने गरेको पाइएको छ।

संस्थामा अन्य पदाधिकारीहरुले व्यक्तिगत लाभको विरोध गर्दा उनीहरुलाईनै पाखा लगाउँदै बैधानिक रुपमा साधारणसभानै नगरि विधान र कानुन विपरित मनोमानि ढंगले पदाधिकारी हेरफेर गर्दै आएका विश्वकर्माले लेखा परिक्षण प्रतिवेदन पनि औपचारकताका लागि मात्र बनाउने गरेको पाइएको हो ।

संस्थाको कोषको हिसाब किताब र आय व्ययको लेखाजोखा कोषाध्यक्षको जिम्मेवारी भित्र पर्ने भएपनि अध्यक्ष विश्वकर्माले कोषाध्यक्षलाई नै ‘बाइपास’ गर्ने गरेको पाइएको हो ।

लेखा परिक्षकले तयार पारेको लेखा परिक्षण प्रतिवेदनमा अनिवार्यरुपले कोषाध्यक्षको हस्ताक्षर हुनुपर्ने भएपनि कोषाध्यक्षको हस्ताक्षर बिनै लेखा परिक्षण प्रतिवेदन बनाउने गरेको तथ्य न्युज विराटलाई फेला परेको छ ।

आफु अनुकुल र आफ्नै स्वार्थ अनुसार उस्तै प्रकृतीको संस्था शान्तिका लागि साझा अभियान (कोक्याप) मा समेत आवद्धरहेका प्रकाश परियारलाई कोषाध्यक्ष बनाएका विश्वकर्माले उनकै हस्ताक्षर विना लेखा परिक्षण प्रतिवेदन फर्जि साधारणसभा मार्फत पारित गरेका छन् ।

उक्त संस्थाको आर्थिक वर्ष २०७३/२०७४ देखिको लेखा परिक्षण प्रतिवेदनमा कोषाध्यक्षको हस्ताक्षर छैन । संस्थाकै एक सदस्यका अनुसार दलित समुदायको उत्थानका निम्ती भन्दा पनि संस्थालाई जहिल्यै कमाइखाने भाँडो बनाउँदै आएका विश्वकर्माले आफ्ना गलत कर्तुत ढाकछोप गर्न कोषाध्यक्षलाईनै बाइपास गरेका हुन् ।

लेखा परिक्षण प्रतिवेदनमा कोषाध्यक्षको हस्ताक्षर नहुनुमा अध्यक्ष विश्वकर्माको बदनियत देखिएको संस्थाका अन्य सदस्यलेनै आरोप लगाएका छन् । सामान्यतया लेखा परिक्षण प्रतिवेदनमा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्छ । त्यसमा पनि कोषाध्यक्षको हस्ताक्षर अनिवार्य जस्तै हुन्छ । तर, बिगत तीन वर्षदेखि रिडेफको लेखा परिक्षण प्रतिवेदनमा कोषाध्यक्षको हस्ताक्षर छैन ।

हेर्नुहोर्सः

त्यसो त दलित समुदायको नाम भजाएर दिन दईगुणा रात चौगुणा बनाउँदै आएका विश्वकर्माले सोही समुदायलाइनै उपेक्षा गर्ने गरेका छन् । उक्त संस्था मार्फत गरिने कार्यक्रमबाट आधारभूत तहका दलित समुदाय लाभान्वित गराउनुपर्ने भएपनी दलित समुदायमा चेतनाको स्तर विकास हुने र आफ्नो कमाउधन्दा बन्दहुने डरले अध्यक्ष विश्वकर्माले अधिकांश नातागोता र नजिकका व्यक्ति मात्र बोलाएर कार्यक्रम गर्ने गरेको विभिन्न कार्यक्रममा सहभागिको विवरणबाटसमेत पुष्टि हुन्छ ।

उनले दलित लक्षित कार्यक्रममा दलित समुदायलाईनै उपेक्षा गर्ने गरेको संस्थाका एक सदस्य बताउँछन् । श्रोतका अनुसार जिल्लामा सयौँको संख्यामा रहेका दलित अगुवा, उच्च शिक्षा हासिल गरेका दलित समुदायका व्यक्तिलाई विश्वकर्माले कुनैपनि कार्यक्रममा सहभागि गराउँदैनन्।

आधारभुत तहका दलित समुदायमा पनि पढेलेखेका र टाठाबाठा भएपनि विश्वकर्माले आफु पछि पर्ने र पर्दाफास हुने डरले सामान्ती सोच अनुरुप कहिल्यै कार्यक्रममा सहभागि नगराउने गरेका हुन् ।

‘अलिक टाठा बाठा मान्छे आउँदा सवै थाहा हुन्छ । एनजिओको खेलो फड्को चाल पाएपछि आफ्नो कामाउ धन्दा पर्दाफास हुने डरले अध्यक्ष त्यसो गर्छन् ।’ श्रोतले भन्यो,‘एउटै विषयको कार्यक्रममा सयचोटी एकै प्रकारका मान्छेहरु सहभागि गराएर कार्यक्रम गराउनु पर्ने कारण के ? अरुले जान्नु बुझ्नु पर्दैन ?’

संस्थामार्फतनै विराटनगरमा रोजिरोटि देखि घर घडेरीसमेत जोडेका विश्वकर्मा समुदायको हित भन्दा सँधै व्यक्तिगत स्वार्थमा मात्र लाग्दै आएको संस्थाकै सदस्यको आरोप छ । ‘व्यक्तिगत स्वार्थले आजसम्म जिल्लामा त्यस संस्था मार्फत उमेश विश्वकर्माबाहेक एउटाको जिवनस्तरमा परिवर्तन हुन सकेको छैन ।’ मोरङका दिलिप रजकले भने,‘फर्जि प्रतिवेदन, बिल भौचर बनाएर पेश गरेर हुन्छ ? वास्तवीक रुपमा दलित लाभान्वित हुनुपर्यो नी? उहाँबाहेक त्यो संस्थाबाट मोरङमा एउटा पनि दलितको जिवनस्तरमा परिवर्तन ल्याएको देखाउन म चुनौती दिन चाहन्छु । सँधै दलितको नाम मात्र भजाएर खाने अनि आफैलाई दलित अगुवाको बिल्ला भिराएर हिँड्ने मात्र काम भएको छ ।’

यो पनि: 

रिडेफ नेपालको दलित अभियान ‘देखाउने दाँत’ संस्था उमेश विश्वकर्माको ‘कमाईखाने भाँडो’

रिडेफ नेपालमा अध्यक्ष उमेश विश्कर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

उमेश विश्वकर्माको ‘चर्तिकला’, फर्जि साधारणसभाबाट विधानसमेत संशोधन

‘नटवरलाल उमेश विश्वकर्मा’: नक्कली र फर्जि बिल भरपाई पेश, कार्यक्रम नगरि बजेट झ्वाम

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको...

कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं, २ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...

एमसीसी संसदबाट पारित नहुँदासम्म एमसीए नेपालका काम रोक्ने नेकपाको निर्णय

काठमाडौं, १७ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदबाट अमेरिकन सहयोग एमसीसी अनुमोदन नहुँदासम्म एमसीए नेपालअन्तर्गतका कामलाई तत्काल रोक्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले संसदबाट एमसीसी अनुमोदन हुने/नहुने निर्णय नहुँदासम्म एमसीए नेपालअन्तरगतका काम...

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि...

सरकारले दियो निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

काठमाडौं, १६ पुस । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक...

परिवर्तनका लागि हातेमालो विराटनगरको निशुल्क खाना अभियान सकियो, ५१ औँ दिनसम्म २५ हजारले खाए खाना

विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...

मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो

चितवन, ६ साउन-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।  सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्