१३औँ संस्करणको साफ च्याम्पियनसिप अर्को वर्ष हुने

 न्यूज विराट
१३औँ संस्करणको साफ च्याम्पियनसिप अर्को वर्ष हुने

काठमाडौँ, १६ असार-बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप ९साफ० प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

बाह्रौँ साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने बताइएको छ । रासस

सम्बन्धित समाचार

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको अडिसन विराटनगरमा शनिबार हुने भएको छ ।बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । प्रतियोगितामा...

धरानमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

सुनसरी, १३ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका...

विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान...

जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताउनुभको छ । आफूलाई भेट्न आइपुगेको वागमति प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको...

यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडौं, २१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि...

पूर्वप्रधानमन्त्री खनालले गरे इलाम अस्पताललाई पीपीइ सहयोग 

 इलाम, ९ असोज-पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नम्वर १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीइ वितरण गरेका छन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमाका स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर सहयोग...

लत्ताकपडाको तस्करी गर्ने दुर्गा घिमिरे पक्राउ, तस्करले फसाएको भन्दै न्यायको लागि चालक राईको याचना

विराटनगर । भारतबाट तस्करीको क्यारिङ गर्ने एक जना महिला पक्राउ परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार रहेकी थिइन् । उनीबिरुद्ध...

५ वर्ष कैद र साढे ९ लाख जरिवाना तोकिएको अभियुक्त पक्राउ

विराटनगर । मोरङ प्रहरीले एक जना फरार अभियुक्त पक्राउ गरेको छ । पाँच वर्ष ११ महिना २८ दिन कैद र ९ लाख ४० हजार ५ सय जरिवाना तोकेको फरार अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्