तोकिएको व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

 न्यूज विराट
तोकिएको व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

काठमाडौं, १५ असार-राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गरेका छन् ।

आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा कर्मचारीले बोल्न नहुने व्यवस्था रहेको हुँदा आयोगको आधिकारिक धारणाबारे भ्रम सिर्जना नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ ।

आयोगका प्रवक्ता वा सूचना अधिकारीबाट सम्प्रेषित विषय तथा आयोगको वेबसाइट www.nhrcnepal.org मा राखिएका विषयलाई नै आयोगको औपचारिक धारणा र सूचना मान्न हुन आयोगका अध्यक्ष शर्माले सबैलाई आग्रह गरेका हुन् ।

आधिकारिक धारणा र औपचारिक निर्णय सार्वजनिक गर्न २०७५ पुस ११ गतेदेखि आयोगका सचिव वेदप्रसाद भट्टराईलाई प्रवक्तासमेतको जिम्मेवारी तोकेको थियो । आयोगका सदस्यले आआफ्नो तरिकाले सूचना दिँदा भ्रम सिर्जना हुने काम भएको उल्लेख गर्दै सचिव भट्टराईलाई नै प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

आयोगसँग सम्बन्धित सूचना सम्प्रेषणका लागि आयोगको केन्द्रीय कार्यालयमा निर्देशक डा. टीकाराम पोखरेललाई र सबै प्रदेश तथा शाखा कार्यालयमा १/१ जना अधिकृतलाई सूचना अधिकारी तोकिएको छ ।

मानव अधिकारको अवस्था तथा मानव अधिकारका विविध पक्षका सम्बन्धमा अनुगमन, अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्नुका साथै मानव अधिकार उल्लङ्घनका उजुरीउपर निर्णय गरी सरकारलाई नियमितरूपमा आवश्यक सुझाव तथा सिफारिस गर्दै आएको छ ।

सम्बन्धित समाचार

माछापुच्छ्रे सहकारी घोटला प्रकरण, सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...

प्रदेश १ : हालसम्म ६० हजार को कोरोना परीक्षण

विराटनगर, २७ साउन-प्रदेश १ मा हालसम्म ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।...

विराटनगरमा लकडाउनका कडाई गर्न एक्सनमा उत्रियो प्रहरी

विराटनगर, चैत २८-लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । विराटनगरमा आज ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुँदा यसलाई...

रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि

सुर्खेत, ३२ जेठ-रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ । घटनाको आवश्यक छानबिनपछि प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता...

३ महिनामै विश्व व्यापार ३ प्रतिशतले घट्यो, मन्दी गहिरिने आशंका

एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोशाक प्रतियोगिता

विराटनगर । विराटनगस्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोशाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा...

घरमै राहतले दैनिक ज्यादारी काम गर्ने विपन्न परिवारमा खुशि

विराटनगर, चैत २८–प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि मोरङको कटहरी गाउँपालिका–६ मा खुसी छाएको छ । कटहरी गाउँपालिका–६ नं. वडाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने यस्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्