ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

 न्यूज विराट
ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

ललितपुर, १५ असार-ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिका-७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

उनले भने, ‘उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृत्यु भएको थियो ।’ ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए ।

ती व्यक्तिले काठमाडौं आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ । उनको उपचारमा खटिने र परिवारका सदस्य गरी ८ देखि ९ जनालाई हाल आइसोलेशनमा राखिएको उनले बताए ।

यसअघि ललितपुरमा कोरोनाका कारण अन्य २ पुरुषको पनि मृत्यु भइसकेको छ । आजसम्म ललितपुरका ९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्नेछ ।– रासस

सम्बन्धित समाचार

बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

सुनसरी । मोरङको स्ुन्दरहरैचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौं शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा...

मोरङको खोरियामा प्रेमि-प्रेमिकाको शव फेला

विराटनगर । मोरङको रंगेली नगरपालिका – २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी र प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । इश्वरी कृषी फर्मको लिच्ची बगानमामा झुण्डीएको अवस्थमा आज दिउँसो साढे १२ शव भेटिएको हो ।...

मास्क नलगाई हिँड्ने ६४ जना पक्राउ

लहान, २४ असार-मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी...

भारतमा अलपत्र नेपालीका लागि पूर्वमन्त्री विष्टले पठाए सहयोग

काठमाडौं, १२ जेठ-पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपालीका लागि राहत वितरण गरिएको छ । विष्टले पठाएको आर्थिक सहयोगबाट ‘द वर्नईन नेपाल युथ क्लब, दिल्ली’...

विराटनगरमा दर्ता बेगरको मेडिकुइस्ट प्रयोगशालामा शिलबन्दी

विराटनगर । विराटनगर ७ हस्पिटल चोकमा दर्ता बेगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । दर्ता बेगर संचालनमा आएको मेडिकुईस्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले शिलबन्दी गरेको हो । महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बिहीबार गरेको अनुगमनको क्रममा...

मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट...

विराटनगरमा भोली दक्षिण एसियाकै ठूलो रथयात्रा निस्किदै, रथ यात्राको तयारी पुरा

विराटनगर । विराटनगरमा निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको तयारी पुरा भएको हो । रथयात्रा सम्पन्न...

रुकुम पश्चिमका १ जनामा पनि देखियो कोरोना संक्रमण

सुर्खेत, ६ असार-कर्णाली प्रदेशको १० जिल्लामध्ये कोरोना संक्रमण नदेखिएको रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्