चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

 न्यूज विराट
चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी ४७ वर्षीया प्रभा पौडेल, २५ वर्षीय छोरा अनुज धिताल, छोरी २७ वर्षीया वर्षी धिताल र चालक राजन घिमिरे सवार थिए । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा १३ च ५९२९ नम्बरको स्कर्पियो र विपरीत दिशाबाट आइरहेको भारतीय एनएल ०१ क्यू ५१०६ नम्बरको ग्यास बुलेट एकआपसमा ठोक्किएको थियो ।

पत्नी ४८ वर्षीया प्रभाको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज ल्याउने क्रममा बीचबाटोमै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । अन्य ४ जना घाइते भएको उनले बताएका छन् । घाइतेमध्ये चालक घिमिरे र छोरा अनुजको अवस्था गम्भीर रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले बताए ।

चालक घिमिरे र छोरा अनुजको टाउको र छातीमा गम्भीर चोट लाग्नुका साथै खुट्टा फ्याक्चर भएको थापाले जानकारी दिए । ‘चालक र अनुजको अवस्था गम्भीर छ । कृष्ण धिताल र छोरीको अवस्था सामान्य छ ।’ प्रहरी नायव उपरीक्षक थापाले भने । ग्यास बुलेट फरार रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

कल बाइपास गर्ने १ जना पक्राउ

काठमाडौं, १३ साउन-अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने १ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि- ५, ताहाननीका हरिशंकर श्रेष्ठलाई पक्राउ गरेको...

अध्यादेश खारेजीको माग गर्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

काठमाडौं, ११ वैशाख-नेपाल बिद्यार्थी संघ (नेविसंघ) को एक समूहले सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ । बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।...

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...

पूर्वमन्त्री पण्डितको पहलमा निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण

विराटनगर, चैत २९–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा मोरङ क्षेत्र नं. ६ का स्थानीय तहलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । दैनिकज्यालादारी काम गरेर परिवारको जिविकोपार्जन गर्दै आएका परिवारलाई लक डाउनका कारण...

४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको छ । ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...

जब मुख्यमन्त्री राईले मन्त्रालयकै गरे अनुगमन…

विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...

भारतमा आइतबारको तुलनामा सोमबार कोरोना संक्रमित घटे

एजेन्सी, जेठ १३-भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमित केही कमी देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्