तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

 न्यूज विराट
तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

राजविराज, १४ असार-पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ ।

यस वर्ष पनि वर्षा सुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरा र मल्हनियासहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले  जानकारी  दिए ।

 सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण हरेक वर्ष  अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको छ ।

 ती खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भए पनि कोरोना भाइरसका कारण  तीन महिनादेखि काम नभएका कारण बाढी आउने खतरा रहेको स्थानीयवासी बताउँछन् ।

सो नदीमा बाढी आउनुभन्दा पहिला नदीको मर्मत र उचित ढङ्गले बाँध निर्माण सम्पन्न नभएकाले पनि जिल्लामा बाढीका समयमा उच्च सतर्कता अपनाउनुपर्ने बाध्यता रहेको बुद्धिजीवीको भनाइ छ ।

खाँडो खोलाको बाढीका कारण बर्सेनी डुबानको समस्या झेल्दै आएका तिलाठी कोइलाडी गाउँपालिका अहिले  उच्च जोखिममा परेको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार विगत दुईतीन महिनादेखि कोरोना भाइरसका कारण जिल्ला त्रसित रहेको बेला लगातार परेको मुसलधारी वर्षाले पनि तिलाठी कोइलाडी गाउँपालिकाको आधा दर्जन गाउँमा बाढी पस्न सकिने  खतरा रहेको जनाए ।

लकडाउनका कारण खाँडो नदीमा निर्माण हुने तटबन्ध समयमा निर्माण हुन नसकेको कारणले पनि तिलाडी कोइलाडी गाउँपालिका यस वर्ष पूर्णरुपमा डुबान हुने उनले बताए ।

खाँडो नदीले प्रत्येक वर्ष तिलाठी कोइलाडी गाउँपालिका–१ देखि ८ सम्म डुबान हुने गरेको बताउँदै बाढी आउनुभन्दा अघि नै यहाँको जनता सतर्कता अपनाउन  पर्ने उनको आग्रह छ ।

खाँडो नदीको बाँधको काम केही ठाउँमा अधुरो रहेकाले बाढी सोझिएर तिलाठी कोइलाडी थप डुबानमा पर्न सक्ने गाउँपालिका अध्यक्ष सिंहको भनाइ छ ।

खाँडो नदीमा आउने बाढी तिलाठी हुँदै भारत प्रवेश गर्छ । गत २०७३ को बाढीमा तिलाठी कोइलाडी–४ मा एक बालकको ज्यान गएको थियो भने हजारौँ घर बाढीले क्षति गरेको थियो ।\

यस्तै, सप्तरीका सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर, कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ गाउँबस्ती प्रत्येक वर्ष डुबानमा  पर्ने गरेका छन्  ।  रासस

सम्बन्धित समाचार

लेटाङका पाँच सहकारीबिच एकिकरण

विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका...

नेपालको नयाँ नक्सा अद्यावधिक गरी संघीय संसदको लोगो बनाइने

काठमाडौं, ११ जेठ-संघीय संसदको प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको...

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपा १२५ नेताद्वारा हस्ताक्षर

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जना भन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन...

सेनाको मेडिकल सामग्री झारेर फर्कियो चिनियाँ जहाज

काठमाडौं, ३१ वैशाख-लामो समयपछि त्रिभुवन विमानस्थलमा ठूलो बिमान अवतरण भएको छ । चाइना एयरफोर्सको विमान विमानस्थलमा मेडिकल सामग्री झारेर फर्किएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनाका लागि मेडिकल सामग्री ल्याएको बताइएको छ । विमान...

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४...

मध्य असारमा कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइ

विराटनगर । कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये १३.७१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्