बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

 न्यूज विराट
बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक  जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् ।

मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई खाना पकाउने काम गरिरहेको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तिको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी अधिकारीले जानकारी दिए ।

मृतक ती व्यक्ति  २ महिनादेखि क्वारेन्टाइनमा खाना बनाउने काममा रहेका थिए । क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले जानकारी दिए ।

मृतकको स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि धनगढी पठाइने जोशीको भनाइ छ । शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

आवश्यक प्रक्रिया पुर्‍याएर परिवारकै सदस्यले आफैँले गर्ने भन्ने मानेपछि शव व्यवस्थापन गर्न परिवार दिने नत्र नेपाली सेना व्यवस्थापन गर्ने डा. जोशीले बताए ।

सम्बन्धित समाचार

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

आरती स्ट्रिप्स विरुद्ध कारबाही अघि नबढाउन उच्च अदालतको आदेश

विराटनगर, २१ पुस-मोरङको बुढिगंगास्थित आरती इस्ट्रिप्स प्रा. लि.ले निष्काशन गरेका मजदुरका विषयमा कुनै कारबाही प्रक्रिया अघि नबढाउन श्रम कार्यालय विराटनगरका नाममा उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । आरती इस्ट्रिप्स प्रा. लि.ले आफूहरुलाई विना...

१०वटा कछुवासहित दुई जना पक्राउ

नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

प्रदेश २ मा एक दिन ३४८ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, ३ असार-प्रदेश–२ मा आज एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिनमा प्रदेश– २ मा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८...

भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे

रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी...

प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो, मोरङका थप तीन स्थानमा स्थापना

विराटनगर, ८ चैत । प्रदेश १ मा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको सुरुवातसम्म २६ वटा बीओपीको संख्या थियो । त्यसलाई...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्