नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

 न्यूज विराट
नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका विषयमा स्थायी समिति सदस्यहरूले आफ्नो धारणा राख्निे क्रम जारी रहेको छ ।

शुक्रबार १८ जना सदस्यले सीमा समस्याका बारेमा आफ्नो धारणा राखेका थिए । आज करिब १ दर्जन सदस्यले सीमा समस्याका विषयमा आफ्ना कुरा राख्ने बताइएको छ ।

शुक्रबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराएका थिए । सीमा समस्याका विषयमा बोल्ने क्रम सकिएपछि कोरोनाले पारेको प्रभाव र सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका कामहरूको बारेमा समिक्षा हुने कार्यसूची रहेको छ ।

यसअघि शुक्रबारको बैठकमा अनुस्थित रहनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चर्को आलोचना भएपछि आजको बैठकमा सहभागि छन् । यद्यपि बैठकमा उनी आधा घण्टासम्म पनि बसेनन् । बुधबारबाट स्थायी समिति बैठक सुरु भएको हो ।

सम्बन्धित समाचार

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

नेकपा स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले...

मोडनएरा स्कुलको मी कन्टेष्ट सम्पन्न, कवितातर्फ चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न...

मिक्लाजुङका शिक्षक हत्याका आरोपी विप्लव समुहका मोरङ इन्चार्ज पक्राउ

विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ...

विराटनगर आएर डा. शेखर कोइरालाले भने—राष्ट्रिय सहमती कायम गरी एमसिसि पास गर्नुपर्छ

विराटनगर, २ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सवै दलहरुवीच राष्ट्रिय सहमति कायम गरी एमसिसि पास गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गदै उनले विगतमा अरुण तेश्रो फर्केर जाँदा...

सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, विराटनगरको सयौं घर डुवानमा

विराटनगर । विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पसेको छ । दुई दिनदेखि लगातार परेको वर्षाले सिंघिया खोलाको बाढी विराटनगर १ गंगाटोला र विराटनगर २ को सुकुम्बासी बस्तीमा पसेको हो । सिंघिया...

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

ओलीनिकट ज्ञवाली दलसम्बन्धी अध्यादेशको विपक्षमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशको प्रस्तावप्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विरोध गरेका थिए । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्