संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

 न्यूज विराट
संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, ११ असार-सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज संसद्मा नेपाल भाषा बोल्ने विधायकलाई किन नलगाएको कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित पेस गर्न आदेश जारी गरेको हो।

अधिवक्ताद्वय केशरजङ्ग केसी र लोकेन्द्र ओलीले नेपालको संविधानले देवनागरिक लिपिका सरकारी कामकाजको भाषा प्रयोग गर्ने भावनाअनुसार संसद्मा नेपाली भाषा बोल्नुपर्ने र यसअघि हिन्दी भाषामा बोल्नुभएको सांसदको अडियो संसद् सचिवालयको अभिलेखबाट हटाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

संविधानको धारा ७ (१) मा सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा लेखिने नेपाली भाषा हुनेछ भनिएको छ । संविधानको धारा १ (२) र धारा ४८ (ख) मा संविधान र कानुनको पालना गर्नु नागरिकको कर्तव्य हुनेछ भनिएको छ ।

रिट निवेदनमा विधायकहरू सङ्घीय संसद्का दुवै सदनमा बोल्ने सरकारी कामकाज कै लागि भएको र इतिहाससम्म अभिलेख हुने भएको हुँदा दुवै सदनमा नेपाली भाषा मात्र बोल्न माग गरिएको छ ।

रिट निवेदनमा यसअघि सांसदद्वय सरिता गिरी र अमृता अग्रहरीले बोलेको हिन्दी भाषा संसद्को अभिलेखबाट हटाउन र संविधानबमोजिम उत्प्रेषणको आदेश हिन्दी भाषामा बोलिएको सामग्री हटाइ र बदर गरी नेपाली मात्र बोल्नु र बोलाउनु भनी सङ्घीय संसद्का दुवै सदनका नाममा परमादेश जारी गर्न माग गरिएको छ । रासस

सम्बन्धित समाचार

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...

पाँचौ मिल्स गोल्डकप : उपाधि होल्डमा उदयपुरको फ्यूजन क्लब

विराटनगर । गाइघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित...

गभर्नरमा तीन जनाको नाम सिफारिस

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनोट समितिले ३ जनाको नाम छनोट गरेको छ । गभर्नरको अवकाश भएको १९ दिनपछि छनोट समितिले ३ जनाको नाम टुंग्याएको हो । अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र...

कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

‘नेकपालाई विदेशी राजदुतले आदेश दिने ?’ :सांसद मण्डल

विराटनगर, असार २८–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेकपाको आन्तरिक झागडा विदेशी राजदुतले मिलाउन खोज्नु दुखद भएको बताएका छन् । सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले प्राइमटाईम्सम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा...

पत्रकार तथा उपन्यासकार कार्थकको ७७ वर्षको उमेरमा निधन

पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए । क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्