पर्याप्त गृहकार्य गरेर ई-पासपोर्ट अघि बढाइएको हो : परराष्ट्र मन्त्रालय

 न्यूज विराट
पर्याप्त गृहकार्य गरेर ई-पासपोर्ट अघि बढाइएको हो : परराष्ट्र मन्त्रालय

काठमाडौं, ११ असार-सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले ७ वर्षदेखि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएकाले नियमित कामकारूपमा विद्युतीय राहदानीको विषय अघि बढाएको जानकारी दिए ।

सन् २०१५ सम्ममा ई–पासपोर्ट लागू गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने आर्थिक वर्ष २०७१/७२ देखि प्रतिबद्धता जाहेर गर्दै आएको सरकारले यस वर्षको बजेट वक्तव्यमा आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागू गरिने घोषणा गरेको छ । उनले भने, ‘परराष्ट्र मन्त्रालय विद्युतीय राहदानीको प्रक्रियामा गएको छ । यो २०७१ सालदेखि नै उठेको विषय हो । अहिले तत्काल उठेको विषय होइन, यसमा पर्याप्त गृहकार्य भइसकेकाले अन्तिम समयमा किन सुरु गर्ने भनेर समयमै शुरु गर्न थालिएको हो ।’

अहिले विश्वका ११५ मुलुकले विद्युतीय राहदानी कार्यान्वयन गरिसकेका छन् भने अन्य मुलुक पनि यसतर्फ उन्मुख छन् । यन्त्रबाचक राहदानी (एमआरपी) जस्तै देखिने भए पनि चिपसहितको विद्युतीय राहदानीमा वाहकको फोटो, औँठाछाप र आँखाको नानीसमेत भण्डारण गरिएको हुन्छ ।

एमआरपीभन्दा थप सुरक्षित, विश्वासिलो, व्यक्तिको विवरण प्राप्त गर्न र पहिचान गर्न सहज, यात्रामा सरलता, बढ्दो प्रयोग, सूचनाको गोप्यता कायम र अन्तरआबद्धतामा विद्युतीय राहदानीले सहजता कायम हुने दाबी गरिएको छ । १० वर्ष उमेरमाथिकालाई १० वर्ष समयावधि अवधिको राहदानी बुक उपलब्ध हुनेछ । त्योभन्दा कम उमेरका बालबालिकालाई ५ वर्ष अवधिको राहदानी दिइनेछ ।

मन्त्रालयले सुरुमा १० वर्षका लागि १ करोडको संख्यामा विद्युतीय राहदानी छाप्ने योजना बनाएकामा स्वदेशमै सुरक्षण मुद्रण ल्याउने भनेपछि घटाएर ५ वर्षका लागि ५० लाख थान छपाइ तयारी गरेको थियो । सरकारले यसै वर्षभित्रै उक्त मुद्रण खरिद गर्ने भनेपछि मन्त्रालयले पर्याप्त गृहकार्यका आधारमा तीन वर्षको आवश्यकताको पूर्वाअनुमान गरी २० लाख थान पासपोर्ट छपाई गर्ने तयारी गरेको महानिर्देशक खड्काले जानकारी दिए ।

यसैवर्ष सुरक्षण मुद्रण खरिदसम्बन्धी टुङ्गोमा पुगे पनि यहाँ ल्याएर सञ्चालनमा आउन लाग्ने समयको अनुमान गरेर विभागले उक्त परिणाममा ई-पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरेको हो । उनले भने, ‘आफ्नै सुरक्षण मुद्रणबाट राहदानी छाप्नुपर्छ भन्ने विषय सही हो, तर अहिले उपलब्ध भई नसकेको अवस्थामा बाहिरबाटै छाप्न पर्‍यो । हस्तलिखित जस्तो अहिले नै एमआरपी अस्वीकृत भइसकेको होइन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २०२५ सम्म एमआरपी जारी गर्नसक्ने भनेको छ ।’

नयाँ राहदानी लिन चाहनेले ई-पासपोर्ट लिन सकिने भए पनि एमआरपी लिइसकेकाको हकमा भने नवीकरण गर्ने समयमा मात्रै विद्युतीय राहदानी लिए हुनेछ । एमआरपी र ई-पासपोर्ट  दुवै सँगसँगै पनि चल्नसक्ने विभागको भनाइ छ ।

यन्त्रबाचक राहदानी (एमआरपी) सरकारले २०१० देखि प्रयोगमा ल्याएको थियो । त्यतिबेला सरकारले भरखर प्रयोगमा आएको ई-पासपोर्टको विश्वसनीयता कायम भइनसकेको र एमआरपी सस्तो हुने निष्कर्षसहित एमआरपी छनौट गरेको थियो । कुनै पनि देश प्रविधिमा पछि नपरोस् भन्ने आइकाओको मान्यतालाई तादम्यता मिलाउन मन्त्रालयले आगामी आर्थिक वर्षभित्रै ई-पासपोर्ट सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

कोभिड-१९ पछि राहदानीबाट ६१ लाख मात्रै राजश्व 

कोभिड १९  लकडाउनपछि राहदानीबाट  ६१ लाख ५० हजार राजश्व सङ्कलन भएको छ । लकडाउन नहुँदा दैनिक डेढदेखि २ करोड रुपैयाँसम्म राहदानीबाट राजश्व उठ्दै आएको महानिर्देशक खड्काले जानकारी दिए ।

संयुक्त राज्य अमेरिकाले आवासीय भिसा ग्रीनकार्डको आवेदनमा राहदानी नम्बर अनिवार्य गरेपछि गत वर्षको असोज कात्तिकमा २५ दिनको अवधिमा झण्डै १ लाखको संख्यामा राहदानी वितरण भएको थियो ।

कोरोनाको सङ्क्रमण हटेपछि फेरी पनि राहदानीको  माग बढ्नसक्ने अनुमान गरी विभागले २० लाखको सङ्ख्यामा विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरेको जानकारी दिएको छ । महानिर्देशक खड्काले भने, ‘हामीसँग मौज्दात एमआरपीको सङ्ख्या ५ लाख ५० हजार ८८५ छ, अहिले भइरहेको वितरणका आधारमा मौज्दातले एकदेखि डेढ वर्षसम्म पुग्छ भन्ने अनुमान गरिएको छ ।’

यसअघि बैठकमा सदस्यहरूले औचित्य र आवश्यकता पुष्टि नभइकन कोरोना उपचारका लागि पैसाको अभाव रहेका बेला  किन विद्युतीय राहदानीका लागि बोलपत्र आह्वान भएको भनी स्पष्टिकरण माग गरेका थिए ।

उनीहरूले विद्युतीय राहदानीसम्बन्धी विषय कोरोना स्वास्थ्य सामग्री र वाइडबडी विमान खरिद प्रकरणजस्तो विवादित नहुने गरी सुझबुझका साथ जिम्मेवारी पूरा गर्नुस् भनी मन्त्रालयका पदाधिकारीलाई सुझाव दिएका थिए । रासस 

सम्बन्धित समाचार

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो...

२४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, १९ हजार ११९ निको भए

काठमाडौं, ९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८५५ जनामा...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने घोषणा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट...

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

प्याब्सनकाे प्रस्ताव: एसईई परीक्षा नलिऔं, विद्यालयको मूल्यांकनलाई आधार मानौं

काठमाडौं, २३ वैशाख-निजी तथा विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मुल्यांकनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । ‘अहिलेको परिस्थितिमा परीक्षा गर्न सकिँदैन,’ प्याब्सन अध्यक्ष टिका पुरीले भने, ‘विद्याललको...

जम्मू-काश्मीरमा आतंकवादी आक्रमण : २ प्रहरी मारिए

काठमाडौं ३० साउन-स्वतन्त्रता दिवसकाे एक दिनअघि जम्मू-काश्मीरकाे नौगाममा आतंकवादीले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा २ प्रहरी जवान मारिएका छन् भने अन्य ३ जना घाइते भएका छन् ।   भारतीय सञ्चारमाध्यमका अनुसार अहिले नाैगाम क्षेत्रलाई प्रहरीले...

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्