प्रदेश १ बाट एकै दिन ७० जनाले जिते कोरोना

 न्यूज विराट
प्रदेश १ बाट एकै दिन ७० जनाले जिते कोरोना

विराटनगर , असार ११–प्रदेश १ बाट आज ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुने जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।

डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका डिन डा.शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले विदाई गरे ।

आज ७० डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज ७ जना संक्रमित थपिएका छन् । मोरंगमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

संविधानको मर्मलाई व्यवहारमा लागू गर्न इमान्दार प्रयास जारी राख्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, ३ असोज-राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय...

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले...

१२ वटा सुन गोहोरोसहित मोरङको सीमावर्ती क्षेत्रबाट एक व्यक्ति पक्राउ

मोरङ —संरक्षित वन्यजन्तुमा पर्ने लगभग एक किलोग्रामतौल भएका १२ वटा सुन गोहोरोसहित एक जनालाई प्रहरीले मोरङको सीमावर्ती क्षेत्रमा पक्राउ गरेको छ। संरक्षित वन्यजन्तुको सूचीमा रहेको यसको निकासी पैठारीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना...

आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना...

कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो

एजेन्सी, बैशाख २०-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । कोरोना संक्रमितबाट सबैभन्दा...

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।  १० औँ महिनाको पहिलो दिन...

विराटनगरमा एसईई परीक्षा दिएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि अक्सफोर्ड कन्सलटेन्सी र इडुमार्क कन्सलटेन्सीले शुक्रबार एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। उच्च शिक्षामा अध्ययन गर्न विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यले शुक्रबार विराटनगरमा यो कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा...

उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् । आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्