लद्दाख क्षेत्रमा फेरि हलचल

 न्यूज विराट
लद्दाख क्षेत्रमा फेरि हलचल

एजेन्सी, असार ११ -भारत-चीनबीचको सीमामा देखिएको तनाव कम हुने स्थिति देखिएको छैन । देपसाङ क्षेत्रमा चिनियाँ सैनिकको हलचल बढेसँगै तनावको स्थिति मत्थर नहुने देखिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनको पूर्व लद्दाखको दौलत बेग ओल्डी (डीबीओ) विमानस्थलभन्दा ३० किलोमिटर दूरीमा रहेको देपसाङबाट २१ किलोमिटर परसम्म ठूलो संख्यामा सेना परिचालन गरिएको छ । यो क्याम्पमा सैन्य सवारीसाधनका साथै तोप पनि पुर्‍याइएको छ ।

चीनले यस क्षेत्रमा पेट्रोलिङ प्वाइन्ट १० दिख १३ का बीच भारतीय सेनालाई समस्या निम्त्याउन चाहेको बताइएको छ ।

यो काराकोरमछेउछाउको क्षेत्र नियन्त्रणमा लिन चाहेको भारतको बुझाइ छ, ताकि उसलाई पाकिस्तान जाने सडकका लागि ठाउँ उपलब्ध होस् । भारतले भने यो प्रोजेक्ट निर्माणलाई रोक लगाएको छ । यसअघिदेखि नै चीन र भारतबीच गलवान उपत्यका, प्याङ्गोग सो र हट स्प्रिङ्ग्स क्षेत्रमा तनाव जारी छ ।

लद्दाखको गलवान उपत्यकामा १० दिनअघि भारती र चिनिया सैनिकबीच भएको हिंस्रक झडपपछि स्याटेलाइट इमेजमार्फत नयाँ खुलास भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । हाई रेजोल्यूसन इमेजमा गलवान नदीको वरपरको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)को दुवैतर्फ चिनियाँ सेनाले निर्माण गरेका भौतिक संरचना र क्याम्पका सफा दृश्य देखिएका छन् ।

रिटायर्ड मेजर जनरल रमेश पधीले स्याटेलाइट इमेजका बारेमा बोल्दै गलवान उपत्यकामा चीनले योजनाका साथ सेनाका सवारीसाधन र अन्य बन्दोबस्तीका सामान जम्मा गरेको बताए । लामो समयसम्म त्यहाँ डटेर बस्न सकियोस् भन्ने उद्देश्यले नै चीनले यस्तो गरेको उनको भनाइ छ ।

हाई रेजोल्यूसन स्याटेलाइट इमेज गलवान उपत्यकामा पेट्रोल प्वाइन्ट-१४ को हो । २२ मईका दिन लिएको एक इमेजमा गलवानमा एलएसीको नजिकै एउटा मात्रै टेन्ट देखिन्छ । तर, त्यसपछिको अर्को इमेजमा एलएसीमा पाँच चिनियाँ सेना र निर्माण कार्य गर्दै गरेको देखिएको छ । १५ जूनमा भएको हिंस्रक झडपपछि यो क्रम एकाएक बढेको छ । यही १६ जूनमा लिएको अर्को इमेजमा बुल्डोज पनि देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गलवान उपत्यकामा चीन र भारतीय सैनिकबीच १५ जूनको रात हिंस्रक झडप भएको थियो । जसमा २० सैनिकको मृत्यु भएको थियो । यसमा चीनतर्फका ४० सैनिक मारिएको दाबी गरिएको छ । आक्रमणअघि उक्त ठाउँ र आसपासका क्षेत्रमा चीनले आवश्यक सामग्री जुटाइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

एसइईको कानुनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं, ६ असार-माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान...

दोस्रो कोशी खुला गल्फ प्रतियोगितामा विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् । आज धरान स्थित धरान गल्फ क्लबको गल्फ...

कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

नेपाली कांग्रेसका युवा नेताले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग अब सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरूले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ...

रातह वितरणमा अनियमितता भएको भन्दै स्थानीय आक्रोशित

सप्तरी, चैत २९–सप्तरीको सप्तकोशी नगरपालिका–८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय आक्रोसित बनेका हुन । सप्तकोशी नगरपालिकाले लक डाउन...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १२ स्थित बखरी आधारभूत विद्यालयमा विराट नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । चार जना चिकित्सक र...

दिल्लीमा फोहोरको थुप्रोमा कोरानाबाट मृत्यु भएकाको शव

एजेन्सी, जेठ ३०-भारतको सर्वोच्च अदालतले कोरोना भाइरसका विरामीको उपचार र शब व्यवस्थापनमा भइरहेको व्यवहारलाई लिएर कडा आदेश जारी गरेको छ । अदालतले दिल्ली सरकारमाथि प्रश्न उठाउँदै भनेको छ, ‘यदि मानिसका शब फोहोरको थुप्रोमा भेटिन थालेका...

लुम्बिनी विकास बैंकद्वारा लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सप्तरी, जेठ ८–लुम्बिनी विकास बैंकले लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महामारीका रुपमा फैलिएको कोभिड–१९ को उपचारमा तथा रोकथाममा सकृय स्वास्यकर्मीको उच्च मनोबल बढाउन लुम्बिनी विकासको बैंक लाहान शाखाले नगरपालिकालाई ७२ हजार रुपैयाँ...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्